कीवर्डहरू -

एन्ड्रोइड स्मार्टफोनबाट स्मार्ट टिभीमा युट्युब प्रयोग गर्न के गर्ने ?

एन्ड्रोइड स्मार्टफोनबाट स्मार्ट टिभीमा युट्युब प्रयोग गर्न के गर्ने ?

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानकारी लिन वा मनोरञ्जन लिन हामी युट्युब प्रयोग गर्छौं । गूगलले हालैमा एन्ड्रोइड टिभी वा गूगल टिभीका लागि नयाँ लगइन तरीका सार्वजनिक गरेको थियो ।

अहिलेसम्म प्रयोगकर्ताहरुले भर्चुअल कीबोर्ड प्रयोग गरेर पासवर्ड लगइन गर्नुपर्ने हुन्थ्यो तर अब भने स्मार्टफोनबाटै पनि टिभीमा युट्युब साइन इन गर्न सकिन्छ ।

यस प्रक्रियाका लागि तपाईको स्मार्टफोन र टिभी एउटै वाइफायसँग कनेक्ट भएको हुनुपर्छ । सर्वप्रथम आफ्नो टिभीमा युट्युब एप खोल्नुपर्ने हुन्छ । एप खोलेपछि साइन इन विथ फोन भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

क्लिक गरेपछि एपले आफ्नो स्मार्टफोनमा पनि युट्युब एप खोल्न लगाउनेछ । स्मार्टफोनमा एप खुलेपछि युट्युब टिभी एपले स्वायत्त रुपमा लिंक्ड अकाउन्ट भेटिने छ र त्यसैबाट लगइन गर्न मिल्नेछ ।