कीवर्डहरू -

जंगलमा हुने अवैध शिकारको आवाज पहिचान गर्ने क्वीकभरलाई इपेक्समा क्रियटिभ प्रोजेक्ट अवार्ड

जंगलमा हुने अवैध शिकारको आवाज पहिचान गर्ने क्वीकभरलाई इपेक्समा क्रियटिभ प्रोजेक्ट अवार्ड

काठमाडौँ विश्वविद्यालयको सोसाईटी अफ ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरले वार्षिक रुपमा आयोजना गर्ने ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स प्रोजेक्ट एक्जिभिजन (इपेक्स) अन्तर्गतको ह्याकाथनमा क्वीकभर टिमले क्रियटिभ प्राजेक्ट अवार्ड प्राप्त गरेको छ ।

यस ह्याकाथनमा कुल १७ जना टिम सहभागी भएका थिए । यस मध्ये ५ ओटा टिम छनौटमा परेनन् र बाँकी टिम ह्याकाथनमा छनोट भएका थिए । रातभर ह्याकाथन गरेपछि दिउँसोको १ बजेतिर विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट प्रस्तुत गर्ने मौका पाएका थिए ।

प्रस्तुत भएका प्रोजेक्ट मध्ये क्वीकभरले सबैभन्दा क्रियटिभ प्राजेक्ट अवार्ड उपाधिसँगै ५० हजार रुपैयाँ बराबरको पुरस्कार पनि पाएको छ । यस पुरस्कारले आगामी ह्याकाथनहरुमा पनि सहभागी हुन् थप प्रोत्साहन मिल्ने क्वीकभर टिमका एक सदस्य नसीब डांगीले बताए ।

यो क्वीकभर टिममा नसिब डाँगी, पंकज अधिकारी, उद्भव घिमिरे र बंशज पौडेल सहभागी रहेका छन् । हाल उनीहरु मदन भण्डारी मेमोरियल कलेजमा अध्ययनरत रहेका छन् ।

क्वीकभर प्रोजेक्ट जंगलमा हुने अवैध शिकारलाई कम गर्नका लागि निर्मित अल्र्ट मनिटरिगं प्रणाली हो । यसले आवाजकै माध्यमबाट रेन्जर अफिसमा कुनै अवैध शिकारहरु भईरहेको खण्डमा सर्तक गराईदिने काम गर्दछ । यो डिभाइसलाई फरेस्टमा राखेपछि वरिपरीको आवाजलाई डिटेक्ट गर्न सक्छ ।

यसमा प्रयोग भएको मेसिन लर्निगं एल्गोरिदमले आएको आवाज स्टाटिक हो वा अवैध शिकारको हो भनेर पत्ता लगाउन सक्छ र सर्तक पनि बनाईदिन्छ, जसले गर्दा अवैध शिकारीलाई रेन्जर अफिसरहरुले सजिलै पक्राउ गर्न सक्छन् ।

ह्याकाथनमा २४ घण्टा भित्र प्रोटोटाइप निर्माण गरिएको थियो । यस्ता कार्यक्रमले एक अर्कासँग आईडिया साट्नलाई पनि सहज हुने उनको भनाइ छ ।

यस डिभाइसको मेसिन लर्निंग एल्गोरिदमलाई युट्युबबाट अवैध सिकारको आवाज प्रयोग गरेर प्रशिक्षण गरिएको पनि  डाँगीले बताए । राम्रो प्रोजेक्ट आएमा यसलाई ठूलो स्तरमा उत्पादनमा लैजाने क्वीकभर टिमको योजना छ ।