कीवर्डहरू -

‘ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेटको भूमिका बढाउनु पर्छ’

‘ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेटको भूमिका बढाउनु पर्छ’

डिजिटल वालेट आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेटको भूमिका बढाउँदै लैजानु पर्ने बताएका छन् ।

ट्राफिक जरिवाना आइएमई पेबाट भुक्तानी हुँदै आएको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मीरा चौधरीबीच भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

गत साउन महिनामा मात्रै एक करोड चालीस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले १७ अर्ब रूपैँयाभन्दा बढीको कारोबार डिजिटल वालेट मार्फत गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क चौधरीलाई अवगत गराउँदै ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने बस्नेतले जोड दिए ।

छलफलमा उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रुपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीका लागि प्रयोग गराउने उदेश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताइन् ।