कीवर्डहरू -

काठमाडौं महानगरपालिकाले डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रचार-प्रसार नदिने

काठमाडौं महानगरपालिकाले डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रचार-प्रसार नदिने

काठमाडौं महानगरपालिकाले डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रचार-प्रसार हुन नदिने भएको छ । एक सूचना प्रकाशित गर्दै महानगरपालिकाले नगरक्षेत्रभित्र डिजिटल बोर्डमा बाह्य विज्ञापन प्रसारण निषेध गरेको हो ।

महानगरभित्र अनुमति लिई वा विज्ञापन गर्न लिएको अवधि समाप्त भएपछि समेत होडिङ बोर्ड, डिजिटल बोर्ड तथा अन्य माध्यमबाट बाह्य विज्ञापन गरिरहेकाले महानगरले जनाएको छ ।

भदौ ३० गते उच्च अदालत पाटनबाट भएको आदेश अनुसार असोज ५ गतेबाट बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्बद्ध संस्था, व्यक्ति, कम्पनी र निकायलाई महानगरले सूचित गरेको छ ।

साथै सूचना उल्लघंन गरी बाह्य विज्ञापन सञ्चालन भइरहेमा महानगर प्रहरीले प्रचार प्रसार बन्द गर्ने महानगरपालिकाले चेतावनी दिएको छ ।

\"\"