कीवर्डहरू -

भारतमा सुरू भयो फाइभजी सेवा, ऐतिहासिक दिन भएको प्रधानमन्त्री मोदीको भनाइ  

भारतमा सुरू भयो फाइभजी सेवा, ऐतिहासिक दिन भएको प्रधानमन्त्री मोदीको भनाइ  

भारतमा फाइभजी सेवा सुरू भएको छ । छैटौं इन्डिया मोबाइल कंग्रेस २०२२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फाइजी सेवा सार्वजनिक गरेका हुन् ।

फाइभजी सार्वजनिक गर्दै मोदीले २१ औं शताब्दीको भारतका लागि ऐतिहासिक दिन भएको बताए । भारतको टेलिकम कम्पनी एयरटेलले शनिबारबाट फाइभजी सेवा सुरू गरेको छ । दिल्ली, मुम्बई, वरानसी, बैंगलोर, हैदराबाद, चेन्नई, सिलगुरी लगायतका ८ शहरमा फाइजी सेवा सुरू भएको छ ।

एयरटेलका अध्यक्ष सुनिल सुनिल भारती मित्तलले सन् २०३३ को मार्चसम्ममा अन्य धेरै ठाउँमा फाइभजी सेवा सुरू हुने र सन् २०२४ मार्चसम्म देशभर उपलब्ध हुने जानकारी दिए ।

एयरटेलको फाइभजी सेवा फोरजी सेवाकै दरमा उपलब्ध हुनेछ । एयरटेल भारतमा फाइभजी सेवा दिने पहिलो टेलिकम कम्पनी समेत हो ।

जीओले यस महिनाको अन्त्यसम्ममा ४ वटा शहरमा फाईभजी सेवा सुरू गर्ने जनाएको छ । कम्पनी अनुसार पहिलो चरणमा दिल्ली, कलकत्ता, मुम्बई र चेन्नईमा सेवा उपलब्ध हुनेछ ।

जीओको फाइभजी सेवा सन् २०२३ को डिसेम्बरसम्ममा देशैभर उपलब्ध हुनेछ । जीओका अध्यक्ष मुकेश अम्बानीले फाइभजी सेवा पनि सस्तो नै हुने बताए ।