कीवर्डहरू -

अनुमति नलिइ ड्रोन उडाए कारबाही हुने 

अनुमति नलिइ ड्रोन उडाए कारबाही हुने 

अनुमति नलिइ ड्रोन उडाए कारबाही हुने भएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै अनुमति नलिई अनाधिकृतरुपमा ड्रोन उडाए कारबाही गर्ने चेतावनी दिएको हो ।

विभिन्न व्यक्ति/निकायले अनुमति नलिई अनाधिकृतरुपमा मानवरहित हवाई उपकरण (Remotely Pioloted Aircraft Drone) उडाएको भन्ने विभिन्न माध्यमबाट जानकारी आएको गृहले जनाएको छ ।

अति आवश्यक प्रयोजनका लागि ड्रोन प्रयोग गर्नु परेमा २ केजी तौलसम्मका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र सो भन्दा माथिको हकमा गृह मन्त्रालयबाट अनुमति लिने व्यवस्था मानवरहित हवाई उपकरण उडानसम्बन्धी कार्यविधि २०७५ मा  रहेको छ ।

उल्लिखित कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारवाही हुने गृहले चेतावनी दिएको छ ।