कीवर्डहरू -

कपर केबललाई फाइबरले विस्थापित गर्दै टेलिकम

कपर केबललाई फाइबरले विस्थापित गर्दै टेलिकम

नेपाल टेलिकमले कपर केबललाई फाइबरले विस्थापित गर्ने भएको छ । टेलिकमको प्रादेशिक निर्देशनालय बागमतीले एक सूचना प्रकाशित गर्दै ग्राहकलाई उक्त विस्थापित कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।

कपरलाई फाइबरले विस्थापित गर्ने कार्यमा सहयोग गर्नुका साथै कम्पनीले प्रदान गर्ने भ्वाइस, डेटा र आईपीटिभी सेवा उपयोग गर्न समेत अनुरोध गरेको छ ।

पछिल्लो समय नेपाल टेलिकमले सेवालाई अझ प्रभावकारी बनाउन कपर केबललाई फाइबरले रूपान्तरण गर्दै गएको छ । त्यसो त विश्वमा नै कपर केबलको प्रयोग घट्दै गएको छ ।