कीवर्डहरू -

माइक्रोसफ्ट कन्जुमर अकाउन्ट प्रयोगकर्तालाई पासकी सुविधा उपलब्ध हुने

माइक्रोसफ्ट कन्जुमर अकाउन्ट प्रयोगकर्तालाई पासकी सुविधा उपलब्ध हुने

माइक्रोसफ्ट कन्जुमर अकाउन्ट प्रयोगकर्तालाई अब पासकी सुविधा उपलब्ध हुने भएको छ । यसले गर्दा प्रयोगकर्ताले पासवर्डरहित सुविधा जस्तै विन्डोज हेलो, फिडो टु सेक्युरिटी की, बायोमेट्रिक डेटा, डिभाइस पिन प्रयोग गरेर लगइन गर्न सक्ने छन् । 

माइक्रोसफ्ट कन्जुमर अकाउन्टले व्यक्तिगत अकाउन्टलाई जनाउँछ, जसबाट विन्डोज, अफिस, ३६५, आउटलुक, वानड्राइभ, कोपाइलट, एक्सबक्स लाइभ जस्ता सुविधामा पहुँच राख्न सकिन्छ । 

माइक्रोसफ्टले विश्व पासवर्ड दिवसको अवसरमा भविष्यमा मेटाउने लक्ष्य राख्दै फिशिङ आक्रमणविरूद्ध सुरक्षा बढाउन पासकी सपोर्टको घोषणा गरेको हो । 

माइक्रोसफ्टले वेबसाइट र एप्लिकेसन लगइनका लागि विन्डोजमा पासकी सपोर्ट यसअघि नै ल्याइसकेको थियो । अब कन्जुमर अकाउन्ट प्रयोगकर्ताले समेत पासवर्ड नराखेर सजिलै लगइन गर्न सक्ने छन् ।