कीवर्डहरू -

सार्वजनिक भयो एससीटीको ‘फास्ट बैंकिङ’ सेवा, एउटै प्लेटफर्मबाट सबै डिजिटल सुविधा लिन सकिने 

सार्वजनिक भयो एससीटीको ‘फास्ट बैंकिङ’ सेवा, एउटै प्लेटफर्मबाट सबै डिजिटल सुविधा लिन सकिने 

स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) ले स्विफ्ट टेक्नोलोजीसँगको सहकार्यमा नयाँ डिजिटल बैंकिङ प्रडक्ट ‘फास्ट बैंकिङ’ सार्वजनिक गरेको छ ।

बुधबार र्‍याडिसन होटलमा आयोजना भएको एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल बैंकर संघका अध्यक्ष अनिल उपाध्यायले फास्ट बैंकिङ प्रडक्ट सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि उपाध्यायसँगै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, एससीटीका अध्यक्ष सुमन पोखरेल, एससीटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण प्रकाश भुजु, स्विफ्ट टेक्नोलोजीका निमित्त सीईओ निरज ढुंगाना लगायत बैंक तथा वित्तिय क्षेत्रका व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।

फास्ट बैंकिङ सेवा डिजिटल बैंकिङ सोलुसन हो । फास्ट बैंकिङमार्फत एउटै युजरनेम र पासवर्ड प्रयोग गरेर मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सजिलै चलाउन सकिन्छ ।

\"\"

उक्त सार्वजनिक कार्यक्रममा बोल्दै एससीटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायन प्रकाश भुजुले फास्ट बैंकिङ एउटा मोबाइल बैंकिङ मात्र नभएर ओम्नी च्यानल प्लेटफर्ममा डिजाइन गरिएको डिजिटल बैंकिङ सोलुसन भएको बताए ।

ओम्नी च्यानल भएकाले यसमा कुनै पनि थर्डपार्टी सिस्टमलाई एकीकृत गर्न सकिने छ । फास्ट बैंकिङमा बैंकले आफुले प्रडक्ट डिजाइन गरेर पनि सार्वजनिक गर्न सक्ने छन् ।

नेपाल बैंकर संघका अध्यक्ष उपाध्यायले फास्ट बैंकिङ सेवा प्रविधिमैत्री भएको र बैंकलाई आवश्यक पर्ने सबै सुविधाहरू समावेश भएको बताए ।

त्यस्तै आईएमई ग्रुपका प्रबन्ध निर्देशक ढकालले संसारको उत्कृष्ट प्रविधि प्रयोग गरेर फास्ट बैंकिङ बनाइएकाले यो फास्ट बैंकिङ मात्र नभएर लङ लास्टिङ बैंकिङ हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै एससीटीका अध्यक्ष पोखरेलले सरकारको डिजिटल नेपाल अभियानलाई एससीटीले सहयोग गरिरहेको र आगामी दिनमा नयाँ नयाँ डिजिटल प्रडक्ट ल्याएर थप सहयोग गर्ने बताए ।

त्यस्तै प्रडक्टको बारेमा थप जानकारी दिदै स्विफ्ट टेक्नोलोजीका निमित्त सीईओ निरज ढुंगानाले बैंकका ग्राहकले फास्ट बैंकिङमार्फत घरमै बसेर सुरक्षित तरिकाले डिजिटल बैंकिङको मज्जा लिन सक्ने बताए ।

ओपन एपीआईको अवधारणामा फास्ट बैंकिङ डिजाइन गरिएको छ । यसमा रियल टाइम रेभिन्यु गणना समेत गर्न सकिन्छ । एफडीको अगेनिस्टमा लोन । कुनै बेला कारोबार सफल नभएमा त्यसलाई पुनः पठाउन र पैसा फिर्ता ल्याउन सकिन्छ ।

फास्ट बैंकिङ सबै हिसाबले सुरक्षित रहेको कम्पनीको दावी छ । यसमा म्यानुअल्ली ओटीपी राख्न सकिदैन् । अटोमेटिक नै मोबाइलमा आएको ओटीपी सिस्टमले राखिदिन्छ ।

फास्ट बैंकिङ मार्फत अनलाइनबाटै टोकन लिएर ग्राहक बैंकमा सेवा लिन जान सक्ने छन् । यसमा रिपोर्टिङको सुविधा पनि रहेको छ ।

बजारको आवश्यकतालाई मध्यनजर गर्दै फास्ट बैंकिङ सेवा ल्याएको एससीटीका सीईओ भुजुले जानकारी दिए ।
हाल फास्ट बैंकिङ प्रयोगका लागि ४ वटा बैंक तथा वित्तिय संस्थासँग सँग सम्झौता भएको छ भने १० लाख बढी प्रयोगकर्ताले फास्ट बैंकिङको अनुभव लिइरहेका छन् ।