कीवर्डहरू -

सीजी टेलिभिजन खरिद गर्दा ५० हजारसम्म क्यासब्याकको अफर

सीजी टेलिभिजन खरिद गर्दा ५० हजारसम्म क्यासब्याकको अफर

इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी ब्राण्डले चलिरहेको फुटबल वर्ल्डलिंक २०२२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुको लागि विशेष योजना ल्याएको छ ।

विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वल्र्डकप अनुभव लिनका लागि सीजीका उत्कृष्ट टेलिभिजनहरुमा ५० हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक रहेको छ ।

यस अवसरमा यस विशेष योजनाको लाभ उठाई ग्राहकहरुले उचित मूल्यमा उत्कृष्ट फुटबल हेराईको आनन्द लिन सक्ने विश्वास कम्पनीले गरेको छ ।

नेपालको आफ्नै ब्राण्ड सीजीले नेपालकै एकमात्र गुगल–सर्टिफाइड टिभी बजारमा उपलब्ध गराउँदै आएको छ, जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराईको आनन्द लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

उत्कृष्ट पिक्चर क्वालिटी लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरु सहित सीजीसँग फुटबल प्रेमीहरुहरु वल्र्डकपको पूर्ण मजा लिन सक्नेछन् ।

साथै नयाँ ५० हजार ९ सय रुपैयाँसम्मको क्यासब्याक योजनाले गर्दा उक्त टिभीहरुमा ग्राहकहरुको पहुँच झनै सरल र सहझ हुने कम्पनीको विश्वास छ ।

यस सिजी ब्राण्डका टिभीहरु २४ इन्चदेखि ७५ इन्चमा उपलब्ध छन्, जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै एन्ड्रोइड टिभीहरु सहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टिभी उपलब्ध छन् ।

हरेक सीजी टिभीहरुमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरु पनि रहेका छन् । यसमा फाइभजी नेटवर्कको क्षमता लगायत डल्बी अडियोको उत्कृष्ट साउन्ड सिस्टम रहेको छ ।

उत्कृष्ट, इमर्सिभ टिभी हेराइको अनुभव प्रदान गर्नको लागि मोसन इस्टिमेट एण्ड मोसन कम्पानसेसन (एमइएमसी) फिचर पनि रहेको छ भने टुवे ब्लुटथ फिचरका साथ २ वटा फरक फरक ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिने क्षमता पनि उपलब्ध छ ।