कीवर्डहरू -

यी ठाउँमा उपलब्ध छन् भिभोका सर्भिस सेन्टर

यी ठाउँमा उपलब्ध छन् भिभोका सर्भिस सेन्टर

भिभोले देशभरका एक हजारभन्दा बढि रिटेल स्टोरहरू तथा देशभर विभिन्न स्थानमा ४ वटा सेवा केन्द्रहरूबाट सेवा दिदै आएको छ । काठमाडौं, नारायणगढ, पोखरा र इटहरीमार्फत प्रयोगकर्ताहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवाहरू प्रदान गरिरहेको छ।

स्मार्टफोन खरिद केवल एक चरणको सरल प्रक्रिया होइन । यसमा स्मार्टफोन किन्नु अघि र खरिद पछि उपलब्ध हुने सेवा सुविधाबारे अधिक अनुसन्धानहरु समावेश हुन्छन् । भिभोले परिष्कृत ग्राहक सेवामार्फत सहज तरिकाले उपयोग चक्रलाई बुझाउन आफू लागि परेको जानकारी दिएको छ ।

भिभोले ‘मोर लोकल, मोर ग्लोबल’ दृष्टिकोणबाट निर्देशित भएर ब्राण्डले नेपाली उपभोक्ता बजारमा फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स र एडभान्स इमेजिङ सिस्टम जस्ता विश्वव्यापी प्रविधिहरू ल्याइरहेको बताएको छ ।

यसबाहेक, भिभोले स्थानीय प्रतिभा, संस्कृति, र ग्राहकलाई प्राथमिकतामा राखेर धेरै अभियानहरू संचालन गर्दै आइरहेको छ ।

भिभोले उपभोक्ताका लागि सेवाहरुको पहुँचयोग्यता सुनिश्चित गर्न, ग्राहक सेवाहरूको एक व्यापक अफलाइन र अनलाइन नेटवर्क स्थापना गरेको छ ।

अत्याधुनिक सुविधाहरू र उपकरणहरूले सुसज्जित सेवा केन्द्रहरूले ग्राहकहरूलाई झन्झटमुक्त खरिद र बिक्री पछिको सेवा अनुभव सुनिश्चित गर्ने गरेको कम्पनीको भनाई छ ।

भिभोले हरेक महिना २७ देखि २९ तारिखसम्म भिभो सर्भिस डे आयोजना गर्दै आइरहेको छ । बिक्रीपछिका स्मार्टफोन सेवाको महत्वलाई बुझेर कम्पनीले यस दिन बिक्रीपछिका सेवाहरू जस्तै सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्म जस्ता सेवाहरू निःशुल्क उपलब्ध गर्दछ ।

यसबाहेक, प्रयोगकर्ताहरुले खरिद गरेको नयाँ उपकरणको हार्डवेयरमा कुनै समस्या भएमा १ महिना भित्र प्रतिस्थापन गर्दछ । साथै, ग्राहकहरूले प्रत्येक नयाँ फोन खरिदमा उपलब्ध हुने वारेन्टी सेवा नीति पनि दाबी गर्न सक्छन् ।

भिभोले ग्राहकहरुलाई फोनमा १ वर्षको वारेन्टी, एक्सेसरिजमा ६ महिनाको वारेन्टी, पार्टकको स:शूल्क मर्मतमा ३ महिनाको वारेन्टी, सेवा केन्द्रबाट खरिद गरिएको एक्सेसरिजमा ६ महिनाको वारेन्टी र सफ्टवेयरमा जीवनभर वारेन्टी प्रदान गर्दछ ।

सहज ग्राहक सेवा अनुभवका लागि प्रयोगकर्ताहरुले कल सेन्टरमा ग्राहक सेवा टोलीलाई सम्पर्क गरेर सबै प्रश्नहरूको कुशलतापूर्वक र सन्तोषजनक समाधान लिन सक्ने कम्पनीको भनाई छ ।