कीवर्डहरू -

ह्वाट्सएपमा साइबर आक्रमण, ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

ह्वाट्सएपमा साइबर आक्रमण, ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

ह्वाट्सएपमाथि साइबर आक्रमण हुँदा ५० करोड प्रयोगकर्ताको डेटा बाहिरिएको छ । बाहिरिएको डेटा बिक्रीमा राखिएको छ ।

बिक्री गरिएको डेटा एकदमै नयाँ रहेको साइबर न्युजले उल्लेख गरेको छ । यसमा सन् २०२२ को ४८.७ करोड मोबइल नम्बरहरु बिक्रीमा राखिएको पाइएको छ । ब्रिच भएको डेटामा ८४ देशहरुका डेटा समावेश गरिएका छन् ।

यो भनेको ह्वाट्सएपको कुल प्रयोगकर्ताको एक चौथाई प्रयोगकर्ताहरु जोखिममा रहेका छन् । लिक भएको डेटामा ३.२ करोड डेटा अमेरिकाको रहेको छ ।

त्यस्तै १.१ करोड डेटा बेलायतको, ४.५ करोड डेटा इजिप्टको, ३.५ करोड डेटा ईटलीको, २.९ करोड डेटा साउदी अरेबियाको, २ मिलियन डेटा फ्रान्सको, २ मिलियन डेटा टर्किको र १ मिलियन डेटा रुसको रहेको छ ।

अमेरिकाको डेटासेट ७ हजार डलरमा बिक्रीमा राखिएको छ । बेलायतको डेटाबेस २ हजार ५०० डलरमा विक्रिमा राखिएको छ । यी नम्बर मार्केटिङ तथा फिशिङ कुनै पनि कारणका लागि प्रयोग गर्न सकिने डर रहेको छ ।