कीवर्डहरू -

नागरिक एप र क्युरा हेल्थले जिते अन्तर्राष्ट्रिय अवार्ड

नागरिक एप र क्युरा हेल्थले जिते अन्तर्राष्ट्रिय अवार्ड

नागरिक एप र क्युरा हेल्थले अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । नेपालका २ प्रडक्ट नागरिक एप र क्युआर हेल्थले वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२२ हात पार्न सफल भएका हुन् ।

नेपालबाट गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत नागरिक एप र हेल्थ एण्ड वेल बिइङ विधा अन्तर्गत क्युरा हेल्थले डब्लुएसए अवार्ड जितेका हुन् ।

यसले नेपालमै बनेका डिजिटल प्रडक्ट र इन्नोभेसन पनि विश्वस्तरीय भएको र डिजिटल इकोसिस्टम विस्तारमा अग्रसर हुनुपर्ने सन्देश दिएको नेपालका लागि डब्लुएसए नेसनल टिम एक्सपर्ट राजन लम्सालले जानकारी दिए ।

दक्षीण एशियाली मूलुकबाट नेपालले मात्रै दुई विधामा अवार्ड जितेको छ । नागरिक एप सबै सरकारी सेवाहरू मोबाइल एपबाटै दिने उद्देश्यले तयार पारिएको हो भने क्युआर हेल्थ स्वास्थ्य क्षेत्रलाई डिजिटाइज गर्न तयार पारिएको एप हो ।

नागरिक एपले डब्लुएसए अवार्ड जितेसँगै अझै धेरै गर्नुपर्ने चुनौती थपिएको र अन्तर्राष्ट्रिय जगतमा सहकार्य गर्ने अवसर मिलेको नागरिक एपका प्रोजेक्ट म्यानेजर सन्तोष अर्यालले बताए ।

विजेताले आगामी मार्चमा हुने डब्लुएसए ग्लोबल कंग्रेसमा आफ्नो प्रस्तुती दिन पाउनेछन् । उत्कृष्ट प्रस्तुतीते गर्ने टिमले डब्लुएस २०२३ ग्लोबल च्याम्पियनका लागि प्रतिस्पर्धा गर्ने मौका पाउने जनाइएको छ ।

सोही बेला विजेतालाई अवार्ड प्रदान गरिने छ भने प्रत्येक टिमले पिच ट्रेनिङ र मेन्टरसँग परिचयका लागि बोलाइने छ । नेपालबाट नागरिक एप, क्युरा हेल्थ र वेद डब्लुएसए अवार्डको लागि शर्टलिष्ट भएका थिए ।

आइसिटीसँग सम्बन्धित स्थानीय डिजिटल इन्नोभेसन प्रवर्द्धन गर्न गैरनाफामूलक संस्था इन्टर्नेसनल सेन्टर फर न्यू मिडियाले डब्लुएसए आयोजना गर्दै आएको छ ।

सन् २००३ मा सुरू भएको डब्लुएसएमा अहिलेसम्म विश्वका १८२ देशका प्रडक्टले सहभागिता जनाइसकेका छन् ।अवार्ड विभिन्न ९ विधामा प्रदान हुँदै आएको छ ।