कीवर्डहरू -

एमडबली मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर स्क्यान गरेर पैसा तिर्न सकिने

एमडबली मोबाइल बैंकिङ एपबाट स्मार्ट क्युआर स्क्यान गरेर पैसा तिर्न सकिने

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) द्वारा संचालित स्मार्ट क्युआरमा आबद्ध मर्चेंन्टहरुलाई एमडबली एपबाट भुक्तानी गर्न सकिने भएको छ ।

ईन्फोडेभलपर्सद्वारा संचालित एमडबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिंग सेवा हो । हाल १७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको छ ।

हाल आर्जन बचत तथा ऋण सहकारीका एमडबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन भने छिट्टै नै अरू सदस्य सहकारीहरुमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए ।

भाट-भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएतका एक लाख साठी हजार भन्दा धेरै मर्चेन्टहरु आबद्ध स्मार्ट क्युआर नेटवर्कमा हाल सम्म बैंक तथा वालेट हरु मात्र आबद्ध भएको परिदृश्यमा एम डबली मार्फत सहकारीका सदश्य हरुले पनि यो सुबिधा मार्फत लाभ लिन सक्ने कुराले आफुहरु उत्साहित भएको स्मार्टच्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए ।

साथै सेवा सुरु गर्न सहकारीहरुले स्मार्टच्वाईस टेक्नोलोजिज वा इन्फोडेभलपर्समा सम्पर्क गर्न सक्ने छन् ।

ईन्फोडेभलपर्सले विगत २० वर्षदेखि सहकारी, वित्तीय संस्था, सरकारी, गैरसरकारी तथा  अर्ध-सरकारी संस्थाहरूमा गुणस्तर र भरपर्दो आईटी र कोर बैंकङ्ग सेवाहरू उपलब्ध गराउँदै आएको छ।