कीवर्डहरू -

नेपालमै पहिलो पटक पब्जी र फ्रिफायरको प्रतियोगिता एकसाथ, अन्तर्राष्ट्रिय टिम पनि सहभागी

नेपालमै पहिलो पटक पब्जी र फ्रिफायरको प्रतियोगिता एकसाथ, अन्तर्राष्ट्रिय टिम पनि सहभागी

इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक सुबिसुको प्रायोजनमा नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एकसाथ आयोजना भइरहेको छ । २२ सेप्टेम्बरदेखि सुरु भएको ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’आउँदो डिसेम्बर १० तारिखसम्म चल्नेछ ।

पाँच हजार भन्दा बढी टिम सहभागी प्रतियोगिताको सेमिफाइनल लिग म्याचहरूमा अन्तर्राष्ट्रिय टिमले समेत भाग लिएका छन् । सेमिफाइनलमा सन् २०१९ को फ्रिफायर विश्व विजेता टिमका साथै पाँच अन्य अन्तर्राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसमा थाइल्याण्डको ‘किङ अफ दि गेमर्स’, भियतनामको ‘ह्याभी’, ब्राजिलको ‘कोरिन्थियन्स’, मोरक्कोबाट ‘वास्क’, मलेसियाबाट ‘एक्सिस इस्पोर्टस’ र इन्डोनेसियाबाट आरआरक्यू रहेका छन् ।

यसमध्ये ब्राजिलको ‘कोरिन्थियन्स’सन् २०१९ को फ्रि फायर विश्व विजेता टिम हो । त्यस्तै ‘किङ अफ दि गेमर्स’ सन् २०२१ मा आयोजना भएको ‘फ्रि फायर प्रो लिग थाइल्याण्ड सिजन ५– मिड सिजन राउण्ड’ को बिजेता टिम हो । भियतनामको ‘हेभी’ टिमले सन् २०२२ मा ‘बी बुया १ भियतनाम प्रो स्क्रिम सिजन २’जितेको थियो ।

इन्डोनेसियन टिम आरआरक्यू यसै वर्ष आयोजना भएको ‘डीजी एरिना च्याम्पियनशिप २०२२’ बिजेता टिम हो भने मोरक्कोको ‘वाक्स’ र मलेसियाको ‘एक्सिस इस्पोर्टस’ टिमसँग फ्रि फायर प्रोफेसनल लिग खेलेको अनुभव रहेको छ । यी टिमले आफ्नै देशबाट अनलाइनबाटै फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।