कीवर्डहरू -

फाइभजी परीक्षणका लागि सरकारको अनुमति कुर्दै एनसेल

फाइभजी परीक्षणका लागि सरकारको अनुमति कुर्दै एनसेल

पछिल्लो समय नेपालमा फाइभजीको चर्चा भइरहेको छ । नेपालमा फाइभजी परीक्षणका लागि नेपाल टेलिकमले अनुमति पाइसकेको छ भने एनसेलले फाइभजी परीक्षणको अनुमति कुरिरहेको छ ।

मंगलबार प्रविधि पत्रकार मञ्च र एनसेलले सयुक्त रूपमा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा एनसेलका प्रमुख सूचना अधिकारी विशालमणी उपाध्यायले आफुहरू प्राविधिक रूपमा फाइभजी परीक्षण गर्न तयार रहेको बताएका थिए ।

फाइभजी परीक्षणका लागि नेपाल टेलिकम र एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आवेदन दिएका थिए । त्यसमध्ये टेलिकमले फाइभजी परीक्षणको अनुमति पाइसकेको छ भने परीक्षणको प्रक्रिया पनि अगाडि बढाइसकेको छ ।

तर एनसेलले भने मन्त्रालयबाट फाइभजी परीक्षणको अनुमति पाउन सकेको छैन् । सरकारले फाइभजी परीक्षणको अनुमति दिएको छोटो समयमै एनसेल परीक्षण गर्न तयार रहेको उनको भनाइ छ ।

‘फाइभजी परीक्षणका लागि स्पेक्ट्रम र त्यसको अनुमति चाहिन्छ, जुन हामीले मन्त्रालयबाट कुरेर बसेका छौं,’ उनले भने, ‘परीक्षणका लागि अनुमति पाएको छोटो समयमै परीक्षण गर्न सक्ने अवस्थामा छौं ।’