कीवर्डहरू -

राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात आवश्यक पर्छन् ?

राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात आवश्यक पर्छन् ?

के तपाई राष्ट्रिय परिचयपत्र बनाउन जाने सोचमा हुनुहुन्छ ? के त पाईलाई राष्ट्रिय परिचयपत्र बनाउन के के कागजात चाहिन्छन् भन्ने थाहा छ ?

सरकारले विद्युतीय राहदानी अर्थात ई-पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेसँगै राष्ट्रिय परिचयपत्र बनाउनेको भिड बढ्दो छ । राष्ट्रिय परिचयपत्रका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएर नम्बर पाउन सकिन्छ ।

यस बाहेक राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले अतिरिक्त स्थानबाट समेत सेवा परिचयपत्रका लागि आवेदन दिएर नम्बर लिन सकिने व्यवस्था गरेको छ ।

यस्तो अवस्थामा धेरैलाई राष्ट्रिय परिचयपत्र बनाउन के के कागजता आवश्यक पर्छन् भन्ने थाहा नहुन पनि सक्छ । त्यसकारण हामी तपाईलाई राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक पर्मे कागजातहरुको जानकारी दिदैछौं ।

यी कागजात आवश्यक पर्छन् ‍

• नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
• बसाईसराई गरेको हकमा बसाईसराईको सक्कल प्रमाणपत्र (नागरिकतामा उल्लेख भएको स्थायी ठेगाना भन्दा फरक ठेगाना भएमा)
• विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम खुलेको भएमा सोहि प्रमाणपत्र अन्यथा विवाह दर्ता, विवाह प्रमाणित/ नाता प्रमाणितको सक्कल प्रमाणपत्र ।
• नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा)
• विवरण पुष्टि हुने अन्य कागजातहरु