कीवर्डहरू -

हल्ट प्राइज एट आईओईको सेमिफाइनल बिहीबार 

हल्ट प्राइज एट आईओईको सेमिफाइनल बिहीबार 

बिहीबार हल्ट प्राइज एट आईओई पुलचोक क्याम्पसको सेमिफानल हुने भएको छ । हिमालय कलेज अफ इन्जिनियरिङमा बिहान १० बजेदेखि सेमिफाइनल सुरू हुनेछ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि हल्ट प्राइज आईओईमा सहभागीलाई विभिन्न गतिविधि र मेन्टरशिप सत्रहरू आयोजना गर्दै कार्यक्रम सेमिफाइनलसम्म पुगेको छ ।

विद्यार्थीको नोबेल पुरस्कार भनेर चिनिएको हल्ट प्राइज प्रत्येक वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगिता हो, जसले युवाहरूलाई विश्वका केही गम्भीर समस्याहरूलाई सम्बोधन गर्दै रचनात्मक तथा सामाजिक व्यवसायहरूको विकास गर्न प्रोत्साहित गर्दछ ।