कीवर्डहरू -

यही वर्ष एप्पलको फोल्डेबल आइफोन सार्वजनिक हुन सक्ने

यही वर्ष एप्पलको फोल्डेबल आइफोन सार्वजनिक हुन सक्ने

एप्पलले सन् २०२३ सम्ममा फोल्डेबल आईफोन बनाउँदै गरेको बताइएको छ । विशेषज्ञ मिङ चि कुवोको अनुसार एप्पलले सन् २०२३ सम्ममा ८  इन्चको फोल्डेबल आईफोन बनाउने भएको छ ।

एप्पलले १५ देखि २० मिलियन युनिट बेच्ने पनि लक्ष्य राखेका छन् । यसमा प्रयोग हुने क्युएचडी प्लस फ्लेक्सजीबल ओइलईडी स्क्रीन भने सामसङ डिस्प्लेले सप्लाई गर्नेछ । त्यस्तै फोल्डेबल आईफोनमा प्रयोग हुने डिडिआई डिस्प्ले सामसङ फाउण्ड्रीबाट आउनेछ ।

एप्पलले सिल्भर न्यानोवायर टच प्रविधि पनि टिपिकेको प्रयोग गर्नेछ । अझै पनि एप्पलले यो रिपोर्टको बारेमा आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन् ।