आइतबार, १९ चैत, २०७९
Sunday, 02 April, 2023
Skip Advt.

रजन जयन्तीको अवसरमा फुटसल गर्दै दूरसञ्चार प्राधिकरण, सेवा प्रदायकहरूबीच प्रतिस्पर्धा हुने 

नेपाल दूरसञ्चार प्राधिकरणले २५ औं वार्षिकोत्सव ‘रजत जयन्ती’ को अवसरमा ‘नेपाल दूरसञ्चार प्राधिकरण कप’  फुटसल आयोजना गर्ने भएको छ । 

दूरसंचार सेवा प्रदायकहरुबीच प्रतिस्पर्धा हुने उक्त नेपाल दूरसंचार प्राधिकरण कप फुटसल नकआउट चरणमा खेलाइने छ ।

एक सूचना प्रकाशित गर्दै प्राधिकरणले सम्पूर्ण सेवा प्रदायकहरूलाई सहभागी हुन् आग्रह गरेको छ ।

उक्त खेलमा सहभागी हुन इच्छुक दूरसंचार सेवा प्रदायकले आफ्नो संस्थामा कार्यरत कर्मचारीहरु मध्येबाट सात खेलाडीहरु सम्मेलित एक टोलीको नामावली र सम्पर्क व्यक्ति (मोवाइल नम्बर सहित) तोकी २०७९ माघ २० गते भित्र यस प्राधिकरणमा उपलब्ध गराउनु पर्नेछ । 


 

सम्बन्धित समाचार