कीवर्डहरू -

क्रोमको इन्कोग्नीटो मोडलाई सुरक्षित बनाउन बायोमेट्रिक फिचर थप

क्रोमको इन्कोग्नीटो मोडलाई सुरक्षित बनाउन बायोमेट्रिक फिचर थप

क्रोमले इन्कोग्नीटो मोडमा वेबसाईट ब्राउज गर्दा थप सुरक्षा फिचर जोड्ने भएको छ । यसका लागि हरेक पटक इन्कोग्नीटो मोड प्रयोग गर्दा बायोमेट्रिक दिनुपर्ने हुन्छ ।

यसअघि आइओएसमा सार्वजनिक भएको यो फिचर एन्ड्रोइडमा पनि रोलआउट हुन सुरू भएको छ । अब अनुहार वा फिंगरप्रिन्ट दिएर आफू नै हो भन्ने प्रमाणित गरेपछि मात्रै इन्कोग्नीटो मोड प्रयोग गर्न पाइनेछ ।

यसमा पिन हालेर चलाउन सकिने पनि सुविधा रहेको छ । यसले गर्दा तपाईको फोनमा हरकोहीले इन्कोग्नीटो मोड प्रयोग गर्न पाउँदैनन् ।