कीवर्डहरू -

प्रयोगकर्ताको डेटा सुरक्षित राख्न सघाउने सामसङको ‘सेक्योर फोल्डर’

प्रयोगकर्ताको डेटा सुरक्षित राख्न सघाउने सामसङको ‘सेक्योर फोल्डर’

नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । उक्त स्मार्टफोन ब्राण्ड मध्ये सामसङ पनि एक हो र यो नेपालमा लोकप्रिय छ ।

सामसङ फोनमा भएको सेक्योर फोल्डरको बारे धेरै प्रयोगकर्तालाई थाहा छैन् होला । सामसङले आफ्ना प्रयोगकर्ताको डेटा सुरक्षित राख्न छुट्टै फोल्डर बनाएको छ, जसको नाम हो सेक्योर फोल्डर ।

यसले प्रयोगकर्ताहरुलाई फोटो, भिडियो र डकुमेन्ट निजी रुपमा राख्न छुट्टै स्पेस दिन्छ । यो एक इन्क्रिप्टेड फोल्डर हो जसले बायोमेट्रिक अथेन्टिकेसनको अप्सन पनि दिने गर्छ जसले गर्दा यसलाई अझै सुरक्षित बनाउन सकिन्छ ।

यही इन्क्रिप्टेड फोल्डरलाई सेक्योर फोल्डर भनिन्छ । आज हामी सेक्योर फोल्डरलाई सामसङ स्मार्टफोनमा कसरी इनेबल गर्ने र सेटअप गर्ने बारे जानकारी दिदै छौं ।

कसरी प्रयोग गर्ने सेक्योर फोल्डर ?

शुरूमा तपाई आफ्नो सामसङ स्मार्टफोनको सेटिङ्गमा जानुहोस् र ‘बायोमेट्रिक एण्ड सेक्युरिटी’ अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि तल तिर स्क्रोल गरेर सेक्योर फोल्डरमा क्लिक गर्नुहोस्  ।

यति गरेपछि सेक्योर फोल्डर सेटअप गर्नलाई डिभाइसले आफै प्रक्रिया बताउँदै जान्छ । यसमा जानकारी दिदा सामसङ अकाउन्ट र गूगल अकाउन्टको विवरण दिनुपर्ने हुन्छ । यससँगै पासवर्ड प्रोटेक्सन पनि सेटअप गर्नुपर्ने हुन्छ ।

यति भएपछि डिभाइसमा आफै स्वत रुपमा सेक्योर फोल्डर खुल्छ । त्यससँगै लञ्चरमा नयाँ सेक्योर फोल्डर देखा पर्नेछ ।

यसमा एपहरु थप्नु परेमा माथिल्लो दाँया भागमा रहेको प्लस आइकनमा थिच्नुपर्छ । यसमा पहिलेनै इन्स्टल गरेका एपहरु पनि राख्न सकिन्छ वा प्ले स्टोरबाट डाउनलोड गरेर  थप गर्न सकिन्छ ।

फाइल, फोटो, भिडियो र डकुमेन्ट सेक्योर फोल्डरमा राख्नु परेमा फाइललाई खोल्ने र तीनओटा थोप्ला भएको आइकनमा थिच्ने । त्यसपछि ‘मुभ टु सेक्योर फोल्डर’ अप्सनमा जाने ।

यदी सेक्योर फोल्डर  हटाउनु पर्ने भए सेक्योर फोल्डर खोल्ने । त्यसपछि तीनओटा थोप्ला भएको आइकनमा थिच्ने र सेटिङ्गमा जाने । यति भएपछि त्यहाँ गएर अनइन्स्टलको अप्सन छान्न सकिन्छ ।