काठमाडौं । विन्डोज कम्प्युटर अन गर्नेबित्तिकै माइक्रोसफ्ट टिम्स स्वत: खुल्ने समस्या धेरै प्रयोगकर्ताले सामना गरिरहेका हुन्छन् । नियमित रूपमा टिम्स प्रयोग नगर्नेहरूका लागि यस्तो अटो स्टार्टले अनावश्यक रूपमा सिस्टमको स्रोत प्रयोग गर्नुका साथै कम्प्युटर सुरु हुने प्रक्रियालाई समेत प्रभावित गर्न सक्छ ।
भिडियो कन्फरेन्स, अनलाइन मिटिङ तथा समूहगत सञ्चारका लागि प्रयोग हुने माइक्रोसफ्ट टिम्समा धेरै उपयोगी सुविधा छन् । तर कम्प्युटर स्टार्ट हुँदा एप आफैं सञ्चालन हुने सेटिङ सबै प्रयोगकर्ताका लागि आवश्यक नहुन सक्छ ।
यदि विन्डोज सुरु हुँदा टिम्स स्वत: खुल्न नदिने हो भने यसको Startup सेटिङ परिवर्तन गर्न सकिन्छ । त्यसका लागि तलका चरण पालना गर्नुहोस् ।
माइक्रोसफ्ट टिम्सको अटो स्टार्ट कसरी बन्द गर्ने ?
१. Start Menu खोल्नुहोस् ।
सबैभन्दा पहिले विन्डोज कम्प्युटरको Start Menu मा क्लिक गर्नुहोस् ।
२. Settings मा जानुहोस् ।
Start Menu खुलेपछि Settings विकल्प चयन गर्नुहोस् ।
३. Apps खोल्नुहोस् ।
Settings भित्र रहेको Apps विकल्पमा क्लिक गर्नुहोस् ।
४. Startup मा प्रवेश गर्नुहोस् ।
Apps सेक्सनमा गएपछि Startup विकल्प खोजेर खोल्नुहोस् । यहाँ कम्प्युटर सुरु हुँदा स्वतः सञ्चालन हुने एपहरूको सूची देखिन्छ ।
५. Microsoft Teams को सेटिङ बन्द गर्नुहोस् ।
सूचीमा Microsoft Teams खोज्नुहोस् । त्यसको छेउमा रहेको टगल स्विचलाई Off गर्नुहोस् ।
यी चरण पूरा गरेपछि अर्को पटक विन्डोज कम्प्युटर सुरु गर्दा माइक्रोसफ्ट टिम्स स्वत: खुल्ने छैन । आवश्यक परेको समयमा भने प्रयोगकर्ताले एपलाई सामान्य रूपमा म्यानुअल रूपमा खोल्न सक्नेछन् ।
यसरी प्रयोगमा नआउने एपहरूको Startup सेटिङ व्यवस्थापन गर्दा कम्प्युटर सुरु हुँदा अनावश्यक एपहरू एकैपटक खुल्ने समस्या कम गर्न सकिन्छ ।
आईसीटी समाचार