कीवर्डहरू -

यस्ता छन् धेरै ग्राहक हुने १० इन्टरनेट सेवा प्रदायक

यस्ता छन् धेरै ग्राहक हुने १० इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणले माघ महिनाको एमआईएस (म्यानेज्ड इन्फर्मेसन सिस्टम) प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा दूरसञ्चार सेवा प्रदायकका ग्राहक, बजार हिस्सा लगायत प्राधिकरणका गतिविधि बारे जानकारी दिइदै आइएको छ ।

प्राधिकरणको उक्त प्रतिवेदनमा इन्टरनेट सेवा प्रदायकको ग्राहक संख्या समेत राखिएको हुन्छ । प्राधिकरणले इमेलसहित इन्टरनेट सेवा प्रदान गर्न १३७ कम्पनीलाई अनुमति दिएको छ । यी मध्ये धेरैजसोले सेवा प्रदान गरिरहेका छैनन्, अनुमति लिएर मात्रै बसेका छन् ।

माघसम्मको डेटा समावेश गरेर सार्वजनिक गरिएको उक्त प्रतिवेदन अनुसार ग्राहक संख्याका आधारमा उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायक कुन कुन छन्, त्यसको बारेमा आज जानकारी दिदैछौं ।

१. वर्ल्डलिंक

वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो । माघसम्म वर्ल्डलिंकका ७ लाख ४४ हजार ५४४ जना ग्राहक छन् ।

२. नेपाल टेलिकम

माघको एमआईएस प्रतिवेदन अनुसार ग्राहक संख्याका आधारमा दोस्रो नम्बरमा पर्न सफल भएको छ, नेपाल टेलिकम । माघसम्म टेलिकमका २ लाख ८६ हजार ८४३ ग्राहक रहेका छन् ।

३. क्लासिक टेक

प्रतिवेदन अनुसार यस सूचीको तेस्रो नम्बरमा रहेको छ, क्लासिक टेक । माघसम्म क्लासिक टेकका २ लाख ६६ हजार ३१० रहेका छन् ।

४. भायानेट

प्रतिवेदन अनुसार माघसम्म भायानेटका २ लाख ६० हजार ६७३ ग्राहक रहेका छन् ।

५. सुबिसु

प्रतिवेदन अनुसार धेरै ग्राहक हुने इन्टरनेट सेवा प्रदायकको सूचीमा छ, सुबिसु केबलनेट । माघसम्म सुबिसुका २ लाख ४९ हजार १९३ ग्राहक रहेका छन् ।

६. डिशहोम

सन् २०२० इन्टरनेट बजारमा प्रवेश गरेको डिशहोमले आक्रामक रूपमा सेवा विस्तार गरिरहेको छ । माघसम्म डिशहोम फाइबरनेटका २ लाख १८ हजार ७३३ ग्राहक रहेका छन् ।

७. वेब सर्फर

ग्राहक संख्याको आधारमा उत्कृष्ट ७ इन्टरनेट सेवा प्रदायकमा वेब सर्फर कम्युनिकेसन प्रालि पर्न सफल भएको छ । माघसम्म वेब सर्फरका १ लाख ३४ हजार ८०६ रहेका छन् ।

८. टेक माइन्ड्स

यस सूचीको आठौं नम्बरमा पर्न सफल भएकाे छ, टेक माइन्ड्स नेटवर्क प्रालि । माघसम्म टेक माइन्ड्स ग्राहक १ लाख १५ हजार ४५८ ग्राहक रहेका छन् ।

९. ब्रोडलिंक

प्रतिवेदन अनुसार ग्राहक संख्याको आधारमा ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालि ९ नम्बरमा पर्न सफल भएको छ । वैशाखसम्म ब्रोडलिंकका ५३ हजार ८५२ रहेका छन् ।

१०. सीजी नेट

यस सूचीको १० नम्बरमा पर्न सफल भएको छ, सीजी कम्युनिकेसन प्रालि । पुससम्म सिजी नेटका ग्राहक ४५ हजार ६९१ रहेका छन् ।