कीवर्डहरू -

२५ वर्षका लागि वर्ल्डलिंकले पायो नयाँ लाइसेन्स, हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने

२५ वर्षका लागि वर्ल्डलिंकले पायो नयाँ लाइसेन्स, हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको लाइसेन्स नवीकरण गरेको छ । 

यसअघि २५ वर्षे लाइसेन्स अवधि समाप्त भएसँगै प्राधिकरणले वर्ल्डलिंकको इन्टरनेट सेवा प्रदायक र नेटवर्क सेवा प्रदायकको लाइसेन्स पुनः जारी गरेको हो । 

योसँगै २५ वर्ष अवधि पूरा गरेको लाइसेन्स पुनः प्राप्त गर्ने वर्ल्डलिंक देशकै पहिलो इन्टरनेट सेवा प्रदायक बनेको छ । 

वर्ल्डलिंकको इन्टरनेट सेवा प्रदायकको लाइसेन्स मिति २०८० चैत १६ गतेदेखि र नेटवर्क सेवा प्रदायकको लाइसेन्स मिति २०८१ साउन १९ गतेदेखि लागु हुने गरी लाइसेन्स जारी गरेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । 

वर्ल्डलिंकको लाइसेन्स नवीकरण ५ वर्षका लागि गरिएको छ । वर्ल्डलिंकले २५ वर्षकै लागि लाइसेन्स पाएपनि हरेक ५ वर्षमा नवीकरण भने गर्नुपर्नेछ । 

वर्ल्डलिंकले १ अर्ब ३८ करोड ९० लाख रुपैयाँ रोयल्टी र ७६ करोड २३ लाख रुपैयाँ ग्रामीण दूरसञ्चार कोष शुल्क तिर्दै नयाँ लाइसेन्स प्राप्त गरेको हो ।