कीवर्डहरू -

यसरी गर्नुहोस् स्न्यापच्याटमा कसैलाई स्टोरी हेर्नबाट ब्लक

यसरी गर्नुहोस् स्न्यापच्याटमा कसैलाई स्टोरी हेर्नबाट ब्लक

अहिलेको युवा पुस्ताले एकदमै मनपराउने एपहरु मध्यको एक हो स्नापच्याट । छिटो र सहज तरिकाले फोटो र भिडियो खिच्न सकिने हुँदा यो एप धेरै लोकप्रिय छ ।

क्यामेरा दुवै फ्रन्ट र ब्याक गरेर एकैसाथ एउटै भिडियोमा खिच्न सकिनेले एप रोचक बनेको छ । आज हामी स्नापच्याटमा कसैलाई कुनै स्टोरी हेर्नबाट कसरी ब्लक गर्ने भन्ने बारे जानकारी दिदैछौँ ।

सर्वप्रथम आफ्नो स्मार्टफोनमा स्नापच्याट एप खोल्नुपर्ने हुन्छ । अब तपाई कुनै पनि मान्छेको स्नापच्याट प्रोफाइलमा जान सबिटमोजीमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब स्क्रीनको बायाँ भागमा रहेको तनि ओटा थोप्ला भएको आइकनमा क्लिक गर्नुहोस् । अब प्राइभेसी सेटिङ्ग छनोट गरेपछि पपअप मेन्यु आउने गर्दछ ।

अब माइ स्टोरीमा गएर टगल अफ गर्नुपर्ने हुन्छ । अब डन अप्सनमा क्लिक गरेपछि कुनै निश्चित व्यक्तिलाई स्नापच्याट स्टोरी हेर्नबाट ब्लक गर्न सकिन्छ ।