कीवर्डहरू -

सामसङ इनोभेसन क्याम्पसद्वारा काठमाडौंमा प्रोग्रामिङ सम्बन्धि तालिम सम्पन्न

सामसङ इनोभेसन क्याम्पसद्वारा काठमाडौंमा प्रोग्रामिङ सम्बन्धि तालिम सम्पन्न

सामसङको फ्ल्यागशिप सीएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसमा पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङको कोर्स सम्पन्न गरेको छ ।

प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूका लागि विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गरिने छ ।

विद्यार्थीहरूलाई कोर्स पुरा गरेको प्रमाणपत्र प्रदान गरिएको समारोहमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, सामसङको दक्षिण-पश्चिम एसिया, नेपाल कार्यालयका प्रमुख सुंग जुन पार्क र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीको उपस्थिति भएको थियो ।

'विद्यार्थीहरूको उत्सुक सहभागिता र विश्वविद्यालयबाट ठुलो सहयोगको साथ हाम्रो कोडिङ र प्रोग्रामिङ कोर्सको पहिलो ब्याच पूरा गर्न पाउँदा हामी धेरै उत्साहित छौँ। हामी प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटसँग भविष्यका प्राविधिक आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र  बिग डाटा डोमेनहरूमा विद्यार्थीहरूलाई उन्नत बनाउनको लागि दीर्घकालीन साझेदारीको अपेक्षा गर्दछौँ। हाम्रो उद्देश्य सधैँ सक्षम नेपाली युवाहरूलाई भविष्यको लागि राम्रोसँग अनुकूल बनाउनु र नेपालको बढ्दो अर्थतन्त्रमा विशेष गरी आविष्कार र प्रविधिको सन्दर्भमा योगदान पुर्‍याउने रहेको छ,' सामसङ दक्षिण-पश्चिम एसियाका नेपाल कार्यालयका प्रमुख सुङ जुन पार्कले भने ।

सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो ।

यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपहरूमा तालिम दिने योजना गरेको थियो, जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउने छ। कोर्सहरूका लागि छनोट हुनको लागि एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान हुनु पूर्वशर्तहरू रहेका छन्।

कोर्सको एक भागको रूपमा, युवाहरूलाई वास्तविक रोजगारीको सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू प्रदान गरिनेछ जसले उनीहरूको डिजिटल साक्षरता, सिक्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार ल्याउने जनाइएको छ ।

“नेपालमा यो प्रतिष्ठित कोर्स सञ्चालन गर्न पाउँदा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ प्रसंनित छ। यो हाम्रा विद्यार्थीहरूको विकास र उत्थानको लागि सहायक हुनेछ। हामीले कोडिङ र प्रोग्रामिङ कोर्स पूरा गर्‍यौँ जसको लागि हामी निक्कै आभारी छौँ ।  त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा यो कोर्स सञ्चालन गरेकोमा सामसङलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु,” त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले भने।

प्राविधिक प्रशिक्षणको साथसाथै, यस कोर्सले विद्यार्थीहरूको रोजगारी र उनीहरूको ज्ञानलाई प्रयोगमा ल्याउने क्षमता बढाउनको लागि उनीहरुलाई सफ्ट स्किल तालिम पनि प्रदान गरिएको छ ।

इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङ इनोभेसन क्याम्पस अन्तर्गत प्रस्तावित कोर्सहरूको एक भागको रूपमा, विद्यार्थीहरूले प्रयातिकल प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नु पर्नेछन्।

यसमा विद्यार्थीहरूलाई सामाजिक महत्त्वका प्रोजेक्टहरू प्रस्तुत गर्न चुनौती दिइनेछ, जसमा एआई, बिग डाटा, कोडिङ, प्रोग्रामिङ र आईओटीले भूमिका रहेनेछ।

सामसङ इनोभेसन क्याम्पस, सामसङको “टूगेदर फर टुमारो!” को ग्लोबल सीएसआर भिजनको हिस्सा हो, जुन २०१९ मा सुरु भएको थियो ।

यसले मानिसहरूलाई सक्षम बनाउँदै, विद्यार्थी र बेरोजगार युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिहरूमा अनुभव गर्न तालिम दिन्छ, उनीहरूलाई अर्को पुस्ताको कार्यबल बन्नका लागि तयार बनाउँनेछ।