कीवर्डहरू -

टेलिकमले भन्योः ‘ग्राहकको गोपनियतालाई सधै सम्मान गर्छौ, ढुक्क भएर प्रयोग गर्नुस्’

टेलिकमले भन्योः ‘ग्राहकको गोपनियतालाई सधै सम्मान गर्छौ, ढुक्क भएर प्रयोग गर्नुस्’

नेपाल टेलिकमले जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा नेपाल टेलिकमका सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल टेलिकमले ग्राहकको गोपनियतालाई सधै सम्मान गर्ने र यसको सुरक्षा र गोपनियतामा एकरत्ति पनि सम्झौता हुन नदिने प्रति भन्दै सबै ग्राहकहरुलाई आश्वस्त हुन अनुरोध गरेको हो ।

राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरुले झैं कम्पनीले विवरणहरु उपलब्ध गराउने गरेको टेलिकमको भनाइ छ ।

कम्पनीका सेवाहरु अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकवर्गको गोप्यता कायम गर्न अत्यन्त संवेदनशील रहेको जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग नेपाल टेलिकमले आग्रह गरेको छ ।

पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ताहरु उल्लेख्य रुपमा बढिरहेको व्यहोरा समेत जानकारी समेत कम्पनीले दिएको छ ।