कीवर्डहरू -

कार्ड बिना नै ज्योति विकास बैंकको एटीएमबाट पैसा निकाल्न सकिने

कार्ड बिना नै ज्योति विकास बैंकको एटीएमबाट पैसा निकाल्न सकिने

ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरि कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ ।

यो सुविधा अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजरमार्फत प्राप्त ओटीपी कोडलाई एटीएम मेसिनमा प्रयोग गरि सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्ने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकलाई सहजता प्रदान गर्ने हेतुले यस विकास बैंकले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको जनाएको छ ।

बैंकको मोबाइल बैकिङ एप ज्योती स्मार्ट तथा वेब ब्राउजर ज्योतिस्मार्ट डट जेबीबीएल डटकम डट एनपीमार्फत यो सेवा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले यस विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।

बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योति स्मार्ट प्रयोगकर्ताहरूले एप भित्र रहेको पेमेन्ट आइकनमा थिचे पछि देखिने कार्डलेस विथड्र आइकनमा ट्याप गरि मागिएको विवरण प्रदान गर्नुपर्ने छ ।

तत् पश्चात, ज्योति विकास बैंककै एटिएममा गई कार्डलेस ट्रान्जेक्सन चयन गरी आफ्नो मोबाइल नम्बर, निकाल्नुपर्ने रकम (मोबाइल बैंकिङ एपमा चयन गरिएको ) र मोबाइलमा प्राप्त राखि इच्छाइएको रकम झिक्न सकिने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ्गको प्रयोग बढे संगै बैंकले सोहि प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखि कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।