कीवर्डहरू -

वेबिनारबाट महिनावारीको विषयमा जनचेतना फैलाउँदै \'ब्लुमिङ रेड\'

वेबिनारबाट महिनावारीको विषयमा जनचेतना फैलाउँदै \'ब्लुमिङ रेड\'

युवाहरुले सञ्चालन गरेको प्रोजेक्ट ब्लुमिङ रेडले वेबिनारमार्फत महिनावारीको सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षलाई बुझाउन सुरू गरेको छ ।

प्रोजेक्टले विशेषगरी दुर्गम क्षेत्रको युवाहरुलाई महिनावारीको विषयमा खुलेर छलफल गर्नका लागि प्रोत्साहित गर्न, महिनावारी सम्बन्धी पुरातन सोचहरुलाई परिवर्तन गर्न र स्यानिटरी प्रडक्टले वातावरणमा पुर्याउने हानीको बारेमा जनचेतना फैलाउनका लागि काम गरिरहेको छ ।

वेबिनारमा नेपालको विभिन्न क्षेत्रका विद्यार्थीहरुलाई बोलाएर महिनावारीको विषयमा खुल्ला तथा समावेशी छलफलहरु सञ्चालन गरिरहेको छ ।

महिनावारीको समयमा महिलाहरुले एक्लै र विभिन्न भेदभाव भोग्नुपर्दा मानसिक रुपमा धेरै किसिमको समस्या भोग्नुपरेको कुरालाई बुझेर ब्लुमिङ रेडले ती विषयहरुमा पनि छलफल सञ्चालन गर्ने गर्दछ ।

एउटा स्यानिटरी प्याड नष्ट हुन् कम्तिमा पनि ४०० वर्ष लाग्ने हुँदा वातावरणीय क्षतिलाई कसरी कम गर्ने सम्बन्धि पनि वेबिनारमा छलफल हुने गरेको छ ।

ब्लुमिङ रेडले नेपालमा महिनावारीको विषयमा सकारात्मक सोच ल्याउन र हरित दिगो विकासका लागि निरन्तर रुपमा काम गरिरहने प्रतिबद्धता जनाएको छ ।