कीवर्डहरू -

उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा काम गर्न नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियोबीच समझदारी

उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा काम गर्न नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियोबीच समझदारी

नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोेका अध्यक्ष डा. छिरिङ्ग लामाले हस्ताक्षर गरे । दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तिय तथा मानव संशाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुने बताइएको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशिलता तथा व्यवसायिक प्रबद्र्धन गर्न सरकारसँग प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए ।

उनले ‘ब्रेन ड्रेन’ रोक्न, उद्यमीहरुका लागि उचित वातावरण बनाउन आवश्यक रहेको भन्दै आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोंच भएका युवाहरुलाई उद्यम बन्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गरे । ‘परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबद्र्धन सम्बन्धी गतिविधिबारे अघि बढाइरहेको छ,’ अग्रवालले भने ।

आईडीया स्टुडियोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलताका क्षेत्रहरुमा नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन सहयोगी भूमिका खेल्ने बताए ।

देशमा केही गरौं भन्नेहरुका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघ सँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने विश्वास व्यक्त गरे ।