कीवर्डहरू -

एआई इकोसिस्टम विकास गर्ने उद्देश्यसहित नीति ल्याउँदै सरकार, यस्तो छ मस्यौदा

एआई इकोसिस्टम विकास गर्ने उद्देश्यसहित नीति ल्याउँदै सरकार, यस्तो छ मस्यौदा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय एआई नीतिको मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदामाथि आवश्यक राय, सुझाव उपलब्ध गराउन मन्त्रालयले मस्यौदा सार्वजनिक गरेको हो । 

आगामी ७ दिनभित्र [email protected] वा [email protected] इमेलमा सुझाव पठाउन सकिने छ ।  १९ पृष्ठको नीतिमा नीति, रणनीति कार्यनीति, संस्थागत संरचना लगायतका विषय समेटिएका छन् ।  

एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न, अनुसन्धान एवं विकासलाई व्यापकता दिन, सुशासन र सार्वजनिक सेवा सुधार गर्न, नयाँ व्यापारिक अवसर सिर्जना गर्न, नवप्रवर्तनलाई प्रवर्द्धन गर्न र उक्त प्रविधिवाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्न सरकारले नीति ल्याउन लागेको हो ।  

डाटाको सहज पहुँच, डाटा इकोसिस्टमको निर्माण, एआई.साक्षारता तथा दक्षता अभिवृद्धि गर्दै दीर्घकालीन रुपमा शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, कृषि, वित्त, प्राकृतिक प्रकोप व्यवस्थापन, कला, मनोरञ्जन लगायतका क्षेत्रमा एआईको प्रयोग मार्फत आर्थिक, सामाजिक रूपान्तरण गर्न सक्ने देखिएको सरकारको भनाइ छ । 

सुरक्षित एवं दिगो एआई इकोसिस्टमको निर्माणका लागि कानूनी र संस्थागत व्यवस्था गरिने, आवश्यक पुर्वाधार निर्माण एवं डाटा व्यवस्थापन गरिने, अध्ययन, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गरिने, जनशक्ति उत्पादन, क्षमता अभिवृद्धि र निरन्तर उपयोगिताको वातावरण चक्र निर्माण गरिने नीति उद्देश्य छ ।

मस्यौदामा एआईको नियमनका लागि एआई नियमन परिषद्को प्रस्ताव गरिएको छ, जसमा सञ्चार तथा सूचना प्रविधि मन्त्री अध्यक्ष हुने प्रस्ताव गरिएको छ । परिषद्को सचिवालयको रूपमा राष्ट्रिय एआई केन्द्रले काम गर्नेछ । 

साथै एआईको अध्ययन, अनुसन्धान र विकासका लागि संघ र प्रादेशिक स्तरका विश्वविद्यालय तथा एआई सँग सम्बन्धित अनुसन्धान संस्थाहरूमा एआई एक्सिलेन्स सेन्टर स्थापना गरिने समेत मस्यौदमा उल्लेख गरिएको छ । 

यस्तो छ नीति