कीवर्डहरू -

कोरोना नियन्त्रण र रोकथाममा इन्नोभेसन र प्रविधिको बारेमा बृहत अनलाइन छलफल आयोजना हुदै 

एक्स्पर्ट मिट अन इन्नोभेसन एण्ड टेक्नोलोजी टु फाइट कोभिड १९ इन नेपाल

कोरोना नियन्त्रण र रोकथाममा इन्नोभेसन र प्रविधिको बारेमा बृहत अनलाइन छलफल आयोजना हुदै 

अहिले विश्व नै कोरोना अर्थात कोभिड १९ बाट आक्रान्त छ । जतिसुकै विकसित देशहरुले पनि पुर्णरुपमा यसको नियन्त्रण गर्न सकेका छैनन । नेपाल पनि कोरोना रोकथामको लागि २५ दिनदेखि लकडाउनमा छ । विश्वभरका वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याकसिन तयार पार्न लागि परेका छन तर व्यवसायकि रुपमा प्रयोगमा आउन केहि महिना अझै लाग्छ । तर, विभिन्न इन्नोभेसन र प्रविधिहरुको यसको रोकथाम र नियन्त्रणमा सघाउ पुर्याइरहेका छन । चीन, सिंगापुर, दक्षिण कोरिया, ताइवान लगायतका देशहरुले प्रयोग गरिरहेका प्रविधिहरु उपलब्धिमुलक पनि भएका छन ।

एक्स्पर्ट मिट अन इन्नोभेसन एण्ड टेक्नोलोजी टु फाइट कोभिड १९ इन नेपाल' नाम दिइएको अन्तकृयामा एक दर्जनबढि सस्थाका प्रतिनिधि तथा विज्ञहरुको सहभागिता रहनेछ । कार्यक्रममा पछिल्लो समय क्रियाशिल रुपमा अध्ययन, अनुसन्धान र प्रविधिको विकासमा तल्लिन आइटी इन्जिनियर तथा वैज्ञानिकहरुको अन्तकृया हुने छ ।


नेपालमा पनि पछिल्लो समय कोरोना विरुद्ध लड्न प्रविधिको प्रयोग गर्नको लागि दर्जनौ सस्थाहरु क्रियाशिल छन । सरकारले पनि स्व परिक्षण, क्वारेन्टिनमा बसेकाहरुको निरिक्षणको लागि विभिन्न प्रविधिहरु प्रयोग गरिरहेको छ । नीजि क्षेत्रका सस्थाहरु पनि सक्रिछ छन । यसैगरी आइटी तथा इन्जिनियरिङ कम्पनी, सस्था र स्टार्टअपहरु पनि नयाँ इन्नोभेसन गर्नतर्फ लागिरहेका छन । यसै सन्दर्भमा आज एक बृहत अनलाइन छलफल तथा अन्तकृया कार्यक्रम आयोजना हुने भएको छ ।


'एक्स्पर्ट मिट अन इन्नोभेसन एण्ड टेक्नोलोजी टु फाइट कोभिड १९ इन नेपाल' नाम दिइएको अन्तकृयामा एक दर्जनबढि सस्थाका प्रतिनिधि तथा विज्ञहरुको सहभागिता रहनेछ । कार्यक्रममा पछिल्लो समय क्रियाशिल रुपमा अध्ययन, अनुसन्धान र प्रविधिको विकासमा तल्लिन आइटी इन्जिनियर तथा वैज्ञानिकहरुको अन्तकृया हुने छ । सरकारी निकायमा प्रयोग भइरहेको प्रविधि, नीजि क्षेत्रले प्रयोग र विकास गरिरहेका प्रविधिहरु, रोबोट र अन्य प्रविधिहरु कसरी प्रयोग भइरहेका छन र सरकारले कसरी एकिृकृतरुपमा अघि बढाउन सक्छ भन्ने विषयमा छलफल हुने कार्यक्रमका संयोजक पुर्वमन्त्री गणेश शाहले बताए ।

\"\"
कार्यक्रममा इच्छुक व्यत्तिहरुले सहभागिता जनाउन सक्नेछन । सहभागि हुन आज १ बजेदेखि सञ्चालन हुने जुम अनलाइन मिटिङमा तोकिएको जुम आइडी प्रयोग गरि छलफल सुन्न र प्रश्नहरु गर्न सकिनेछ । देश लकडाउन भएपछि प्रविधि, उपभोत्ता आधिकार, डेटा सेक्युरिटी लगायतका विषयमा विज्ञहरुसँग वाराम्बार छलफल भइरहेको छ । पुर्वमन्त्री गणेश शाहको विशेष सकृयतामा छलफल कार्यक्रमहरु आयोजना भइरहेका छन ।

यसअघि ५ वटाबढि अनलाइन छलफल तथा अन्त्कृया कार्यक्रमहरु आयोजना भइसकेको कार्यक्रमका सञ्चालक हेमपाल श्रेष्ठले जानकारी दिए । आजको कार्यक्रम इन्नोभेसन र प्रविधि सम्वन्धी पहिलो सेसन भएको र आगामी दिनमा अन्य थप सेसनहरु सञ्चालन हुने श्रेष्ठले जानकारी दिए ।

Topic: Experts Meet on Innovation and Technology to fight COVID-19 in Nepal

Date: Apr 18, 2020, ie Biashak 06, 2077 (Saturday)

Time: 01:00 -2:30 PM (NST) - 90 Minutes

Join us Online @ Zoom https://zoom.us/j/63163936858

Meeting ID: 631 6393 6858