कीवर्डहरू -

इ-धेवा सुपरएपबाट ग्रसरी तथा खानपिनका सामान अर्डर गर्न सकिने

इ-धेवा सुपरएपबाट ग्रसरी तथा खानपिनका सामान अर्डर गर्न सकिने

नेपालमा आजकल धेरै वालेटहरू  र केही होम डेलीभरि सेवा सुरु भएको छ । तर इ-धेवाले यो सबै सेवाहरूलाई एउटैमा ल्याएर यसलाई सुपरएप को नाम दिएको छ ।

इ-धेवा सुपरएपले लकडाउनमा घरमै बसी आफूलाई चाहिने ग्रसरी तरकारी र खानपानका सामान अर्डर गर्न सकिन्छ । यो सेवा हाल काठमाडौं उपत्यकामा मात्र सीमित छ ।

एपमा हाल दुई सेवा प्रदायकहरू Kathmandu Organics Khaanpin बाट अर्डर गर्न सकिन्छ र चाँडै  अन्य सेवा प्रदायकहरू पनि थप्ने जनाएको छ । लकडाउन बन्दाबन्दीको समयमा पनि इ-धेवा सुपरएपको सानो प्रयासको रुपमा सेवा सुरु गरेको कम्पनीले जनाएको ।

इ–धेवा एउटा डिजिटल वित्तीय सेवा हो जसले निक्षेप कर्ताको सम्पूर्ण सञ्चित रकमलाई ब्याज दिने कम्पनीले प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ ।

इ-धेवा सम्बन्धी थप जानकारीका निमित्त यो भिडियो हेर्नु होला : https://youtu.be/C2qJd_tPCO0

होम डेलीभरी ग्रसरी अर्डर गर्ने सेवा सम्बन्धी थप जानकारीका निमित्त यो भिडियो हेर्नु होला:

https://youtu.be/4sm9K2tf1ig