कीवर्डहरू -

शिक्षा क्षेत्रलाई डिजिटल रूपान्तरणमा सघाउन ‘फ्युज क्लासरुम’ ल्याएका हौं - पराग श्रेष्ठ

लकडाउन लम्बिँदै गएपछि शिक्षा क्षेत्रमा डिजिटल रूपान्तरणको आवश्यकता रहेको छ भन्ने सबैलाई महसुस भएको छ । लाइभ क्लासको लागि मात्र नभएर पेपरलेस क्लास बनाउन, मोनिटर गर्न, सेक्युरिटी तथा सिकाइलाई राम्रो बनाउनको लागि शिक्षा क्षेत्रमा डिजिटलाइजेशनको आवश्यकता छ ।

शिक्षा क्षेत्रलाई डिजिटल रूपान्तरणमा सघाउन ‘फ्युज क्लासरुम’ ल्याएका हौं - पराग श्रेष्ठ

पराग श्रेष्ठ
निर्देशक, फ्युज क्लासरुम, फ्युज मेशिन्स


आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा काम गरिरहेको कम्पनी फ्युज मेशिन्सले हालै मात्र शिक्षालाई डिजिटलमा लैजान फ्युज क्लासरुम नामक प्लाटफर्म तयार गरेको छ । यसका साथै एआईलाई सबै सामु पु¥याउन एआई शिक्षा पनि सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा फ्युज क्लासरुमका निर्देशक पराग श्रेष्ठसँग लिभिङ विथ आइसिटीले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

फ्युज मेशिन्सले शिक्षा क्षेत्रमा कसरी काम गरिरहेको छ ?
फ्युज मेशिन्स चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा काम गरिरहेको कम्पनी हो । फ्युज मेशिन्सले शिक्षा क्षेत्रमा विशेष गरी एआईमै केन्द्रित भएर काम गरिरहेको छ । हामीले विभिन्न विश्वविद्यालयसँग पनि सहकार्य गरेका छौं । फ्युज मेशिन्सले आफै पनि एआईसम्बन्धी शिक्षा प्रदान गरिरहेको छ । साथै हामीले एआई शिक्षाका लागि स्कलरसीप पनि प्रदान गरिरहेका छौं । यसैगरी फ्युज मेशिन्सले विभिन्न विद्यालयसँग सहकार्य गरेर ‘एआई शिक्षा फर नेपाल’ नामक कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । हामीले भर्खरै मात्रै शैक्षिक संस्थालाई डिजिटलमा रूपान्तरण गर्नको लागि फ्युज क्लासरुम नामक सफ्टवेयरको पनि विकास गरेका छौं ।


फ्युज क्लासरुम के हो ?
शैक्षिक संस्थालाई डिजिटलमा रूपान्तरण गर्नको लागि फ्युज क्लासरुमको विकास भएको हो । फ्युज क्लासरुमले लाइभ क्लास सञ्चालन गर्न, एड्मिसन गर्न, पाठयक्रम अनलाइनमा उपलब्ध गराउन, नयाँ कोर्स सिर्जना गर्न, प्रशिक्षक तथा अन्य उपयोगी सामग्री खोजी, विद्यार्थीसँग कुराकानी गर्न, क्वीज तथा टेष्ट सञ्चालन गर्न, असाइन्मेन्ट तथा अन्य पाठ्यक्रम सामग्री उपलब्ध गराउन सकिने सुविधा रहेको छ । त्यस्तै यसमा विद्यार्थीको मानसिक स्वास्थ्य स्वास्थ्य र कोर्सको प्रगतिलाई ट्र्याक गर्न सहयोग गर्नुका साथै दिशानिर्देश गर्ने काम र विद्यार्थीको प्रोग्रेस मनिटर गर्नमा समेत सहयोग गर्छ । क्लासरुमलाई पेपरलेस बनाउन यसले सहयोग गर्छ ।


फ्युज क्लासरुममा १ सयभन्दा बढी फिचरहरू रहेका छन् । यो गूगल क्लासरुम जस्तो मात्रै होइन, यसले पूर्ण रूपमा शैक्षिक संस्थालाई डिजिटलमा लैजानको लागि सहयोग गर्छ । यसमा पेमेन्ट, बस सेड्युल, स्टुडेन्ट क्लब, हेल्थ सेन्टर, फ्याकल्टी, लाइब्रेरी, इभेन्ट, एटेन्डेन्स, स्पोटर््स, लाइब्रेरी, फोरम ट्रान्सक्रिप्ट लगायत अन्य सुविधा पनि रहेको छ । फ्युज क्लासरुम मोबाइल एपमा समेत उपलब्ध रहेको छ ।

\"\"

फ्युज क्लासरुममा १ सयभन्दा बढी फिचरहरू रहेका छन् । यो गूगल क्लासरुम जस्तो मात्रै होइन, यसले पूर्ण रूपमा शैक्षिक संस्थालाई डिजिटलमा लैजानको लागि सहयोग गर्छ ।


फ्युज क्लासरुममा एआईले कसरी काम गर्छ ?
फ्युज क्लासरुममा आर्टिफिसियल इन्टेलिजेन्सले विद्यालयको प्रशासन, शिक्षक तथा विद्यार्थी सबैलाई सहयोग गर्छ ।  यसमा एआईले आफै विद्यार्थीहरूले बुझेका छन् कि छैनन् भनेर वर्गीकरण गर्छ, जसले गर्दा विद्यार्थीहरूको सिकाइलाई अझै सुधार गर्न सकिन्छ । फ्युज क्लासरुममा एआईले विद्यार्थीको सिकाइमा सहयोग गर्न क्रियाकलाप, गेम तथा कोर्स प्रगति गर्नको लागि थप अध्ययन सामग्रीहरू सिफारिश गर्छ । एआईकै माध्यमबाट फ्युज क्लासरुमले विद्यार्थीको प्रगतिबारे भिजुअल सूचकहरू देखाउँछ ।


त्यस्तै एआईले विद्यार्थीहरू पढाइमा केन्द्रित छन् कि छैनन् भनेर पर्सनलाइज्ड सूचना समेत दिने गर्छ । यसमा एआईले विद्यार्थी र फ्याकल्टीबीच एक अर्कासँग छलफल गर्नको लागि सहयोग गर्छ । फ्युज क्लासरुममा मात्रै सय जना इन्जिनियरहरूले काम गरिरहेका छन्, जसमा ४० जनाभन्दा बढी जति त एआई इन्जिनियर नै छन् ।

नेपालमा यो बिल्कुलै नयाँ कन्सेप्ट हो ?
फ्युज क्लासरुम नेपालमा बिल्कुलै नयाँ कन्सेप्ट हो । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि इनेबल भएको प्लाटफर्म थिएन । एआई प्रविधि इनेबल भएको लर्निङ प्लाटफर्म विश्वमा पनि धेरै कम छन् ।

यस प्रडक्टको प्रतिक्रिया कस्तो पाउनु भएको छ ? यसको प्रयोग गर्न कति जति खर्च लाग्छ ?
अहिलेसम्म हामीले सबैबाट एकदमै राम्रो प्रतिक्रिया पाएका छौं ।  उहाँहरूले चलाउन पनि एकदमै सजिलो छ भन्नु भएको छ । हामीले नेपालको लागि मात्र नभएर विश्वको लागि नै यो प्लाटफर्मको निर्माण गरेका हौं । अहिले हामीलाई माग पनि धेरै आइरहेको छ । अबको ३ महिना ५ देखि १० हजार विद्यार्थीहरू फ्युज क्लासरुमबाट पढ्न थाल्छन् । हामीलाई फ्युज क्लासरुमको लागत कति विद्यार्थी छन्, त्यसमा निर्भर हुन्छ । यसमा हामीले अन डिमाण्ड लाइसेन्सको व्यवस्था गरेका छौं ।

सेक्युरिटीदेखि लिएर सम्पूर्ण व्यवस्थापन हामीले गर्छौं । यदि विद्यालयले धेरै लाइन्सेन्स लिएमा हामीले छूटको व्यवस्था पनि गरेका छौं । हामीले फ्युज क्लासरुमको लागि विद्यालयसँग कन्ट्र्याक्ट गर्छौं । हामीले विद्यालयसँग कन्ट्र्याक्ट गरेपछि त्यसको खर्च कसरी व्यवस्थापन गर्ने त्यो विद्यालयको कुरा हो ।

\"\"

हामीले नेपालको लागि मात्र नभएर विश्वको लागि नै यो प्लाटफर्मको निर्माण गरेका हौं । अहिले हामीलाई माग पनि धेरै आइरहेको छ । अबको ३ महिना ५ देखि १० हजार विद्यार्थीहरू फ्युज क्लासरुमबाट पढ्न थाल्छन् । हामीलाई फ्युज क्लासरुमको लागत कति विद्यार्थी छन्, त्यसमा निर्भर हुन्छ । यसमा हामीले अन डिमाण्ड लाइसेन्सको व्यवस्था गरेका छौं ।

गूगल क्लासरुम, माइक्रोसफ्ट क्लासरुम जस्ता सफ्टवेयर निःशुल्क उपलब्ध छन्, यस्तो अवस्थामा फ्युज क्लासरुम नै किन प्रयोग गर्ने ?
पहिलो कुरा हामीले के बुझ्नुप¥यो निःशुल्क भर्सनमा सबै फिचरको प्रयोग गर्न सकिँदैन ।  निःशुल्क उपलब्ध प्लाटफर्ममा हामीले सीमित फिचरहरू मात्र प्रयोग गर्न सक्छौं । हाम्रो फ्युज क्लासरुममा १ सयभन्दा धेरै त फिचरहरू छन् । यति धेरै फिचर अन्य कुनैमा पनि छैन । गूगल क्लासरुम, माइक्रोसफ्ट क्लासरुम चाहिँ लर्निङ म्यानेजमेन्टमा धेरै केन्द्रित छन् । तर फ्युज क्लासरुममा एआईको साथसाथै लर्निङ म्यानेजमेन्ट सिस्टम, स्टुडेन्ट इन्फर्मेसन सिस्टम, ईआरपी लगायत शैक्षिक संस्थालाई डिजिटलमा रूपान्तरण गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा छन् ।


फ्युज क्लासरुम बाट कसरी लाइभ क्लास सञ्चालन हुन्छ ?
कोरोना महामारीको असर अहिले सबै क्षेत्रमा परेको छ । त्योमध्ये शैक्षिक क्षेत्र पनि एक हो । अहिले विभिन्न शैक्षिक संस्थाहरूले अनलाइनबाटै विद्यार्थीहरूलाई पढाइरहेका छन् । यही समयमा हामीले पनि फ्युज क्लासरुम नामक सफ्टवेयर सञ्चालनमा ल्याएका छौं, जसबाट विविध सुविधासँगै अनलाइनबाटै लाइभ क्लास सञ्चालन गर्न सकिन्छ । यसको लागि हामीले फ्युज क्लासरुममा जूम सफ्टवेयरलाई एकीकृत गरेका छौं । तर हामीले आवश्यकता अनुसार अन्य सफ्टवेयर पनि एकीकृत गर्न सक्छौं, जसबाट विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्न सक्नेछन् ।

शिक्षा क्षेत्रलाई डिजिटलाइज गर्न के के चुनौतीहरू छन् ?
शिक्षा क्षेत्रलाई डिजिटलाइज गर्न सबैभन्दा पहिलो समस्या भनेको त इन्टरनेट पूर्वाधार हो । जस्तै– बाइकमा पेट्रोल नै नहाल्ने हो भने कसरी बाइक चल्छ । त्यसैगरी नै शिक्षा क्षेत्रलाई डिजिटलाइज गर्न इन्टरनेटको आवश्यकता छ । त्यस्तै अर्काे समस्या भनेको ट्रेनिङ तथा अवेयरनेसको हो । ट्रेनिङ तथा अवेयरनेसको लागि हामी आफै पनि काम गर्न सक्छौं । तर इन्टरनेट पूर्वाधार विकासका लागि भने सरकारले नै काम गर्नुपर्ने देखिन्छ ।

कोरोनापछि नेपालको शिक्षा क्षेत्रमा कस्तो परिवर्तन आउला ?
कोरोनापछि नेपालको शिक्षा क्षेत्रमा आउने परिवर्तन भनेको डिजिटलाइज हो । लकडाउनको केही समय पर्ख र हेरको अवस्थामा थियौं । तर लकडाउन लम्बिँदै गएपछि शिक्षा क्षेत्रमा डिजिटल रूपान्तरणको आवश्यकता रहेको छ भन्ने सबैलाई महसुस भएको छ । लकडाउनपछि पनि नर्मल हुन केही समय त लाग्छ । त्यसैले अब शिक्षा क्षेत्र डिजिटलमा जानु नै पर्छ । अहिले कतिपय विद्यालय डिजिटलमा गइसकेका छन् भने कतिपय जाने अवस्थामा छन् । लाइभ क्लासको लागि मात्र नभएर पेपरलेस क्लास बनाउन, मोनिटर गर्न, सेक्युरिटी तथा सिकाइलाई राम्रो बनाउनको लागि शिक्षा क्षेत्रमा डिजिटलाइजेशनको आवश्यकता छ ।


लकडाउनको समयमै प्रडक्ट ल्याउनुभयो, कसरी काम गरिरहनु भएको छ ?
हामीले लकडाउनमा घरमै बसेर काम गरिरहेका छौं । लकडाउन सुरु हुनुभन्दा एक हप्ता अगाडिदेखि नै हामीले वर्क फ्रम होमको सुरुवात गरिसकेका थियौं । फ्युज क्लासरुम केही समयपछि ल्याउने तयारीमा थियौं, तर लकडाउनले यसको थप आवश्यकता महसुस गरायो । यसर्थ हाम्रो समूहले निरन्तर मेहनत गरेर प्रडक्ट ल्याउन सफल भयौं ।


पराग श्रेष्ठको अन्तर्वार्ता र डिजिटल शिक्षा बिशेष सामग्री जेठ महिनाको लिभिंग विथ आइसिटी म्यागजिनमा प्रकाशन भएको छ । बिस्तृतमा अध्ययन गर्नको लागि यहाँ क्लिक गर्नुहोस ।