कीवर्डहरू -

आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन शुरू

दुई नयाँ सहित ११ विधामा पाचौं आइसिटी अवार्ड हुने

आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन शुरू

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आज अर्थात असार ८ , २०७७ (तदनुसार २२ जुन , २०२०) देखि सुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६ , २०७७ (तदनुसार जुलाई ३१ , २०२०) गतेसम्म खुल्ला गरिएको छ ।

कोरोनाको प्रभाव र महामारीको कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगष्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुनेछ । अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गरिने कुरा जानकारी गराउन चाहन्छु ।

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन् ।

यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन् । स्टार्टअप आइसिटी अवार्ड , प्रडक्ट आइसिटी अवार्ड , राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरु इन्नोभेसन , प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् ।

यसैगरी पायोनियर आइसिटी अवार्ड , नेपाली डायस्पोरा आइसिटी अवार्ड , आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरुलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति , संस्था , कम्पनी तथा प्रोडक्टहरू सम्मानित भइसकेका छन् ।

गतवर्ष स्टार्टअप आइसिटी अवार्ड ई–डिजिटल नेपालले प्राप्त गरेको थियो भने प्रडक्ट अवार्ड मेडिफ्लो सिस्टम एण्ड सर्भिसेसले प्राप्त गरेको थियो । स्टुडेन्ट राइजिङ अवार्ड रक्तदान प्रोजेक्टले प्राप्त गरेको थियो । यसैगरी पायोनियर अवार्ड महावीर पुन , नेपाली डायस्पोरा अवार्ड डा. समीर मास्के र आन्टरप्रेनर्स अवार्ड अमित अग्रवालले प्राप्त गर्नुभएको थियो । डिजिटल गभर्नेन्स अवार्ड लोकसेवा आयोग र डिजिटल एजुकेशन अवार्ड नेपाल खुल्ला विश्वविद्यालयले प्राप्त गरेका थिए । पब्लिक च्वाइस अवार्ड किताबयात्राले प्राप्त गरेको थियो भने मिडिया पर्सन आइसिटी अवार्ड विजय तिमल्सिनाले प्राप्त गनुभएको थियो ।

यस वर्ष अवार्डको छनौट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १२ जना जुरी सदस्य र १० बढी जुरी सल्लाहकार सदस्यहरू रहनुभएको छ । छनौट प्रक्रिया विभिन्न चरणहरूमा हुनेछ । स्टार्टअप , प्रडक्ट , स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट ५ छान्दै अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ भने अन्य विधाहरूमा जुरी समूहले विभिन्न चरणमा छनौट प्रक्रिया सञ्चालन गर्नुहुनेछ ।

\"\"

निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको आइसिटी अवार्डलाई यस वर्ष अझ परिष्कृत र प्रतिष्ठित बनाउने हाम्रो तयारी हुनेछ । यो वर्ष कोरोनाको संकटको कारण छनौट प्रक्रिया पनि बढी प्रविधिमैत्री हुनेछ ।

अवार्ड विजेताहरुलाई विशिष्ट सम्मानसँगै शिल्ड प्रदान गरिनेछ । स्टार्टअप , प्रडक्ट , स्टुडेन्ट र इन्नोभेसनका विधाका विजेताहरुलाई गतवर्षझै बैंकको सरल कर्जा र लगानीसँग जोडिनेछ । अवार्डमा नोमिनेशन तथा आवेदन दिनको लागि आधिकारिक वेबसाइट https://ictaward.org/ मा गएर सम्बन्धित विधा (क्याटेगोरी) अनुसार अनलाइन फारम बुझाउनुपर्नेछ ।