कीवर्डहरू -

सेलपेबाट मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत क्यास ब्याक पाइने

सेलपेबाट मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत क्यास ब्याक पाइने

सेलपेका ग्राहकले पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत अर्थात अधिकतम १००० रुपैँया सम्मको क्यास ब्याक पाउने भएका छन । यो सुविधा भने ग्राहकले यही साउन १६ गते पहिलो मर्चेन्ट गर्दा पाउने छन् ।

सेलपेले आफ्नो वार्षिकोत्सवको अवसरमा यो अफर ल्याएको जनाएको छ । यो अफरको लागि आपनो मोबाइलमा सेलपेको एप डाउनलोड गरी आफ्नो बैंक अकाउन्ट लिंक गर्नुपर्ने हुन्छ । त्यसको साथमा ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिर्पाटमेन्टमा १०० सेकेन्ड भित्र १ रुपैंयामा असीमित ग्रोसरी सामानहरु किन्न सक्ने छन ।

सेलपेको मोबाइल एप एन्ड्रोइड तथा आईओएसमा उपलब्ध रहेको छ । यसबाट बिनाकुनै वालेट सिधै आफ्नो बैंक खाताबाट सरल र सुरक्षित तरिकाले पेमेन्ट गर्न सकिन्छ ।