कीवर्डहरू -

टिकटकलाई अमेरिकामा माइक्रोसफ्टले खरिद गर्ने 

टिकटकलाई अमेरिकामा माइक्रोसफ्टले खरिद गर्ने 

भिडियो शेयरिङ एप टिकटकलाई अमेरिकामा माइक्रोसफ्टले खरिद गर्ने भएको छ । केही दिन अघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पनि टिकटक ब्याण्ड गर्न सकिने बताएका थिए ।

अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकी सञ्चालन खरिद गर्नको लागि बार्ता अगाडी बढाएको बताएको छ । ट्रम्पले सम्झौता गर्नको लागि ४५ दिनको समय दिएका छन् ।

विश्वको लोकप्रिय एप टिकटकलाई सुरक्षाको कारण भन्दै भारतले पनि प्रतिबन्ध लगाइसकेको छ । चिनियाँ टेक कम्पनीहरुले आफ्नो देशको गोप्य सूचनाहरु चीनलाई दिइरहेको ट्रम्पको आरोप छ ।