कीवर्डहरू -

नेटफ्लिक्सको एन्ड्रोइड एपमा अब गति नियन्त्रण गर्न सकिने फिचर

नेटफ्लिक्सको एन्ड्रोइड एपमा अब गति नियन्त्रण गर्न सकिने फिचर

नेटफ्लिक्सको एन्ड्रोइड एपमा अब गति नियन्त्रण गर्न सकिने भएको छ । अब युट्युबमा जस्तै नेटफ्लिक्समा पनि स्पीड नियन्त्रण गरी सामाग्रीहरु बिस्तारै वा छिटो हेर्न सकिने छ ।

नेटफ्लिक्सको एन्ड्रोइड एपमा गति नियन्त्रण गर्न सकिने अबको केही दिनमै रोलिङ आउट हुन सुरु गर्नेछ । भने वेब ब्राउजर र आइओएसमा परीक्षण गरिरहेको नेटफ्लिक्सले जनाएको छ ।

नेटफ्लिक्सले आफ्नो फिचरलाई यूटयूब भन्दा अलिकति नौलो बनाउन खोजेको छ । यसमा कुनै सामाग्री पुरै १० सेकेन्ड स्कीप हुनुको सट्टा छिटोछिटो त्यही सामाग्रीलाई हेर्न सकिन्छ ।

जसले गर्दा हेरिरहेको सामाग्री स्कीप हुँदैन । नेटफ्लिक्सले एचडी स्ट्रीमिङ् गर्न मिल्ने अर्को फिचर पनि मोबाइल प्लस प्लान नामको फिचर भारतको लागी ३४९ भारतीय रुपैयाँ ल्याएको छ ।