कीवर्डहरू -

नि:शुल्क जब पोर्टल रोजगारी सञ्जालको नयाँ भर्सन सार्वजनिक, यसरी खोज्नुहोस् रोजगारी

नि:शुल्क जब पोर्टल रोजगारी सञ्जालको नयाँ भर्सन सार्वजनिक, यसरी खोज्नुहोस् रोजगारी

नेपालमा रहेको रोजगारीको समस्यालाई अनलाइन मार्फत सहजीकरण तथा समाधान गर्ने उदेश्यले सार्वजनिक  गरिएको नि:शुल्क जब पोर्टल रोजगारी सञ्जाल डटकम ले आफ्नो  नयाँ भर्सन २.० सार्वजनिक गरेको छ ।

गत साउन १० गते रोजगारी सञ्जालको पहिलो भर्सन  सार्वजनिक भएको थियो । रोजगारी सञ्जालको वेबसाइट मार्फत् कुनै पनि संघसंस्था, उद्योग, व्यावसायिक संगठनलगायतले कर्मचारीको आवश्यकता परेको खण्डमा निःशुल्क आफ्नो कम्पनीको खाता खोली  विज्ञापन राख्‍न र जागिरको  खोजीमा रहेको व्यक्तिको विवरण हेरी सिधै सम्पर्क गर्नसक्ने छन् ।

\"\"
जागिरको खोजीमा रहेकाले पनि रोजगारी सञ्जालको वेबसाइटमा गइ व्यक्तिगत खाता खोलेर आफूलाई उपयुक्त हुने रोजगार छनोट गरी अप्लाई  गर्न सक्ने छन् । भने  आफ्नो रिजुम वेबसाइटमा पब्लिस गर्न सकिने छ ।

त्यस्तै मन परेको कम्पनीलाई फ्लो गरी नयाँ भ्याकेन्सीको  बारेमा जानकारी लिन सकिनुका साथै आधुनिक शैलीको बायोडेटा डाउनलोड गर्न समेत सकिने छ ।

यी नयाँ सविधाहरुलाई सरल तथा सहज गराउनका  लागि नया भर्सन सार्वजनिक गरिएको ग्रेफीयस टेक्नोलोजीका अध्यक्ष तथा रोजगारी संजाल  डटकमका सीईओ देवेन्द्र नेपालले बताए । रोजगारी सञ्जालको मोबाइल एप अबको केहि समयमा सार्वजनिक हुने पनि उनले बताए ।