कीवर्डहरू -

कोरोनाको खोपबारे गलत जानकारी रोक्न यस्तो छ फेसबुक, ट्वीटर र गूगलको तयारी

कोरोनाको खोपबारे गलत जानकारी रोक्न यस्तो छ फेसबुक, ट्वीटर र गूगलको तयारी

फेसबुक, ट्वीटर र गूगलले कोभिड–१९ खोपको बारेमा गलत जानकारीसँग लड्नका लागी तयारी गरिरहेको छन् । यी कम्पनीहरुले तथ्य जाँचकर्ताहरु र सरकारी कार्यालयहरुसँग सहकार्य गरेर गलत जानकारीबाट प्रयोगकर्ताहरुलाई बचाउने प्रयत्न गर्नेछन् र कुन गलत सूचना हो भनेर पनि प्रतिक्रिया दिनेछन् ।

अब खोप आउन केही महिना मात्रै बाँकी हुँदा खोपको बारेमा धेरै गलत जानकारी फैलिन थाल्नेछ । यो पालि भने महामारी र चुनावको जस्तो हुन नदिनका लागी यी साइटहरु काम गर्ने भएका छन् ।

तथ्य जाँचकर्ताहरुमा अमेरिका, बेलायत, भारत, स्पेन, अरजेन्टिना र अफ्रिकाबाट संस्थाहरु जोडिएका छन् । यी कम्पनीहरुको जाँच कति प्रभावकारी हुन्छ भनेर अनुमान लगाउन सकिएको छैन् ।

फेसबुकले खोप लगाउन निरुत्साहित गर्ने खालको विज्ञापनहरुलाई पनि प्रतिबन्ध गर्नेछ । युट्यूबले पनि कोभिड–१९ खोपको बारेमा गलत जानकारीहरुलाई प्रतिबन्ध गरेको छ । कम्पनीले भरपर्दो जानकारी पनि दिन खोज्ने छ ।

एजेन्सीको सहयोगमा