कीवर्डहरू -

राष्ट्रिय परिचय पत्र सबैका लागि महत्वपूर्ण छ: प्रजिअ भटराई

राष्ट्रिय परिचय पत्र सबैका लागि महत्वपूर्ण छ: प्रजिअ भटराई

राष्ट्रिय परिचयपत्र सबै तह र तप्काका नागरिकहरुको लागि उतीकै महत्वपूर्ण रहेको डोटीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भिम प्रसाद भटराईले बताएका छन् ।

प्रजिअ भटराईले सरकारले दैनिक जिवनमा आवश्यक पर्ने सम्पूर्ण प्रशासनीक काम काजका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न लागेकाले सबै नागरिकहरुका लागि आवश्यक रहेकोले नेपाली नागरिकता प्राप्त गरेका सबैलाई राष्ट्रिय परिचय पत्रका लागि नाम दर्ता गराउन सुझाब दिएका छन् ।

डोटी जिल्लामा नेपाली नागरिकताको प्रमाण पत्र बितरण र परिचयपत्र बितरणको सवालमा दर्ता कर्मचारी, स्टेशन अभावका र नागरिकता लिन आउने संख्या बढेका कारण गति लिन नसकेको समेत प्रजिअ भटराईले बताए ।

उनले दर्ता कर्मचारी र स्टेशन थपका लागि राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागलाई पत्रचार गरिसकेको समेत बताए ।

\"\"

डोटी जिल्लाका नौ वटै स्थानीय तहका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएको र सहयोग गर्न सबै स्थानिय तहहरुलाई जानकारी गराईसकेको छ ।

जिल्लाबाट भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछ । केन्द्रीय विभागबाट राष्ट्रिय परिचयपत्र जिल्लामा आइपुग्न करीब छ देखि आठ महिना लाग्ने प्रजिअ भट्टराईले बताए ।

दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकको  सबै विवरणका साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका औँठाछाप, डिजीटल फोटो, शैक्षिक योग्यता, पेशा अस्थायी र स्थायी ठेगाना, बिबाहीत, अबिबाहीत लगाएतका विवरणहरु रहने राष्ट्रिय परिचय पत्र शाखाका कम्युटर अपरेटर प्रमेश्वरी जोशीले बताइन् ।

आम नागरिकमा नागरिकता भईसकेपछी अरु किन चाहियो भन्ने मानसिकताका कारण राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्नआउन नमान्नु उनको बुझाइ छ ।

राष्ट्रिय परिचय पत्रको लागि नाम दर्ता गराउन ब्यक्ति स्वय उपस्थीत हुनुका साथै नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, बिबाह दर्ता, बसाईसराईका कागजात, सम्बन्ध बिच्छेदको हकमा प्रमाणीत कागजात आवश्यक पर्ने समेत जोशीले बताइन् ।

नेपाल सरकारले २०७६ साल देखि सुरु गरेको राष्ट्रिय परिचयपत्र बितरणको कार्यक्रम डोटी जिल्लामा २०७७ साल भदौ महिनाको २८ गते देखि लागु भएको थियो जसमा हाल सम्म डोटी जिल्लामा ३८ जना महिला र १ सय ८२ जना पुरुषले मात्र नाम दर्ता गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट सोही अवधीमा पुरुष २ हजार १ सय ५३ र महिला ८ सय ४१ जना गरि २ हजार ९ सय ९४ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएको प्रशासनको तथ्यांकमा देखिन्छ ।