कीवर्डहरू -

ज्योति विकास बैंकको खाता खल्तीसँग लिङ्क गर्दा १०० रुपैयाँ बोनस पाइने

ज्योति विकास बैंकको खाता खल्तीसँग लिङ्क गर्दा १०० रुपैयाँ बोनस पाइने

ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा १०० रुपैयाँ क्यासब्याक पाउने भएका छन् ।

यसरी खातामा लिंक गर्दा एक पटक मात्र बोनस सुविधा पाइने छ । ज्योति विकास बैंकमा रहेको खाता लिंक गरेपछि बिना झन्झट आफ्नो बैंक खाताबाट डाइरेक्ट भुक्तानी गर्न सकिने छ ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ ।