कीवर्डहरू -

कोडाकका एसएसडी, युएसबी, एसडी नेपाली बजारमा

कोडाकका एसएसडी, युएसबी, एसडी नेपाली बजारमा

कोडाक ब्रान्डका उत्पादनहरु नेपाली बजारमा पनि भित्रिएका छन् । हेभी हेल्प लिंक प्रालिले कोडाक ब्रान्डका उत्पादन नेपाली बजारमा भित्र्याएको हो।

नेपाली बजारमा भित्रिएको यो ब्रान्ड चाँडै देशका विभिन्न ठाउँ लगायत डिजिटल प्लेटफर्ममा पनि उपलब्ध हुनेछ ।हेभी हेल्प लिंक प्रालिले २० वर्षदेखि नेपाली बजारमा फुजी, मित्सुबिसी, कोनिका, मिनोल्टा, कोडाक जस्ता विश्वविख्यात ब्रान्डका उत्पादन बिक्री वितरण गर्दै आएको छ ।

अहिले नेपाली बजारमा कोडाकका इन्टरनल एसएसडी, एसडी, एम.टु एसएसडी, युएसबी र पोर्टेबल एसएसडी उपलब्ध रहेका छन् ।

कोडाकका सबै सामान कोरोना महामारीका कारण ल्याउन नसके पनि मल्टिमिडियाका लागि आवश्यक सामान भने उपलब्ध हुने कम्पनीले जनाएको छ ।