कीवर्डहरू -

१ लाख बढीले खोले नबिल जेन एन अकाउन्ट, खाता खोल्दा २ जीबी डेटा निःशुल्क

१ लाख बढीले खोले नबिल जेन एन अकाउन्ट, खाता खोल्दा २ जीबी डेटा निःशुल्क

नबिल बैंकले गत वर्षदेखि सञ्चालनमा ल्याएको नबिल जेन–एन बचत खाता लोकप्रिय बनेको छ । बैंकले नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरेर ‘नबिल जेन–एन’ बचत खाता सञ्चालनमा ल्याएको थियो ।

यो खाता खोल्दा निःशुल्क मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड सेवा पाउन सकिन्छ । साथै नबिल जेन एन बचत खाता खोल्ने ग्राहकले नेपाल टेलिकम र एनसेलको २ जीबी डेटा पनि निःशुल्क पाउने छन् ।

हालसम्म नबिल जेन एन अकाउन्ट खोल्नेको संख्या १ लाख नाघेको छ । नबिल जेन एन बचत खाताको लोकप्रियता बढेसँगै बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्किन बैंकले आग्रह समेत गरेको छ । साथै यो खाता खोल्नेलाई बिमाको समेत सुविधा रहेको छ ।