कीवर्डहरू -

अटोमेकरका लागि इन्टेलले चीप बनाउने

अटोमेकरका लागि इन्टेलले चीप बनाउने

इन्टेलले ग्लोबल अभाव पुरा गर्नलाई अटोमेकरहरको लागि चीप बनाउने भएको छ ।

अहिले विश्वमै सेमिकण्डक्टरको अभाव भईरहेको बेला इन्टेलले अटोमेकरका लागि प्रोसेसर बनाउने भएको हो । रोयटर्सका अनुसार इन्टेलले कारनिर्माताहरुका लागि सिलिकन डिजाइन गर्ने फर्महरुसँग कुरा गरिरहेको छ ।

अरु सप्लाई गर्ने कम्पनीहरुसँग पनि इन्टेलले सहकार्य गर्न थालेको छ । यसको लागि कम्पनीले २० बिलियन डलर लगानी गर्ने भएको छ ।

इन्टेलका सिईओ प्याट गेलसीन्जरले अमेरिकाको राष्ट्रपति जो बाईडेनसँग पनि यही विषयमा छलफल गरेका थिए ।

बाईडेनले सेमिकण्डक्टरको रिसर्चमा आफ्नो पार्टि (काङग्रेस) लाई ५० बिलियन डलर लगानी गर्न लगाउने बताएका छन् ।