कीवर्डहरू -

नयाँ वर्षमा एनसेलकाे अफर, ४९९ रूपैयाँ २० जीबी डाटासँगै हरेक रिचार्जमा बाेनस डाटा

नयाँ वर्षमा एनसेलकाे अफर, ४९९ रूपैयाँ २० जीबी डाटासँगै हरेक रिचार्जमा बाेनस डाटा

यस नयाँ वर्ष २०७८ को अवसरमा एनसेलका ग्राहकले अब डाटा प्याकको खरिदमा बोनस स्वरुप डबल डाटा भोलुम र हरेक रिचार्जमा बोनस डाटा भोलुमको फाइदा लिन सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहककालागि ल्याएको यस आर्कषक डाटा योजना अन्तर्गत डाटा प्याकको खरिदमा उहि शुल्कमा डबल डाटा भोलुम पाइन्छ भने हरेक रु ५० वा सो भन्दा माथिको रिचार्जमा बोनस डाटा भोलुमको फाइदा सक्ने भएका हुन् ।

यो योजना अन्तर्गतको डबल डाटा भोलुम डाटा सापटी सेवामा पनि लागु हुनेछ । ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना चैत्र ३१ गते मङ्गलबार देखि संचालनमा आएको छ ।

डबल डाटा योजना अन्तर्गत ग्राहकले ३० दिन देखि १ दिन सम्मका विभिन्न डाटा प्याकहरुमा पुरानै शुल्कमा डबल डाटा भोलुमको फाइदा लिन सक्छन् ।

यो आकर्षक योजना अन्तर्गत ग्राहकले रु ४९९ मा ३० दिन समयसिमा रहेको १० जीबी डाटा प्याकको खरिद मा थप १० जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

ग्राहकले यो योजना अन्तर्गत मात्र रु ४९९ मा २० जीबी (१० जीबी + १० जीबी) डाटाको मजा लिन सक्छन् । बोनस डाटा पनि ३० दिनको लागि मान्य रहने छ ।

त्यस्तै रु १३९ मा १४ दिन समयसिमा रहेको २ जीबी डाटा प्याकको खरिदमा ग्राहकले ४ जीबी डाटा भोलुम (२ जीबी + २ जीबी) को फाइदा लिन सक्छन् ।

त्यस्तै ३ दिन समयसिमा रहेको ४०० एमबी डाटा प्याक र १ दिनको समयसिमा रहेको १५० एमबी डाटा प्याकमा पनि डबल डाटा भोलुम योजना अन्तर्गत ग्राहकले रु ४२ मा ८०० एमबी डाटा भोलुम (४०० एमबी +४०० एमबी) तथा रु १८ मा ३०० एमबी (१५० एमबी +१५० एमबी) डेटाको फाइदा लिन सक्छन् ।

एक दिनको समयसिमा रहेको १५० एमबी डाटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप, वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजना अन्तर्गतको बोनस डाटा प्राप्त हुनेछ ।

यसका साथै डाटा सापटी सेवा अन्तर्गत रु ४० मा ३०० एमबी डाटा खरिद गर्दा यो योजनामा ग्राहकले उहि शुल्कमा ६०० एमबी डाटाको मजा लिन सक्छन् ।

यति मात्र हैन, नयाँ वर्षको यो योजना अन्तर्गत रु ५० वा सो भन्दा माथि हरेक रिचार्जमा उपहार स्वरुप बोनस डाटाले यस योजनालाई थप आकर्षक बनाएको छ । रु ५० देखि रु ९९ को रिचार्जमा ग्राहकले यस योजनाको अवधिभरि रु ५० एमबी बोनस डाटा प्राप्त गर्दछन् ।

बोनस डेटा १ दिनको लागि मान्य रहने छ । त्यसै गरि रु १०० देखि रु १९९, रु २०० देखि रु २९९, रु ३०० देखि रु ४९९ सम्मको रिचार्जमा ग्राहकले क्रमश रु १०० एमबी, २०० एमबी, ३०० एमबी डाटा बोनसको रुपमा प्राप्त गर्नेछन् ।

त्यसैगरी रु ५०० देखि रु ९९९ को रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डाटा तथा रु १००० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले १००० एमबी डाटा यो योजना अन्तर्गत बोनस स्वरुप प्राप्त गर्नेछन् ।

नयाँ वर्षको अवसरमा आफ्ना ग्राहककालगि उहि शुल्कमा डबल डाटा भोलुम प्रदान गर्न पाएकोमा निकै खुसि रहेको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गतको डबल डाटा भोलुम र हरेक रिचार्जमा बोनस डाटाले ग्राहकको संचारको बढ्दो आवश्यकतालाई सम्बोधन गर्दै नयाँ वर्षमा आफ्ना परिवार तथा साथीभमाईसँग डिजिटल माध्यमबाट सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।

ग्राहकले *१७१२३# डायल गरि वा *१७१२३*७८# डायल गरि आफ्नो आवश्यकता अनुसारको डाटा प्याक खरिद गर्न सक्नेछन् । यो योजना वैशाख १४ सम्म संचालनमा रहने कम्पनीले जनाएको छ ।