कीवर्डहरू -

क्वालकमले फाइभजी फोनका लागि ल्यायो स्न्यापड्रयागन ७७८ जी प्रोसेसर

क्वालकमले फाइभजी फोनका लागि ल्यायो स्न्यापड्रयागन ७७८ जी  प्रोसेसर

क्वालकमले फाइभजी फोनका लागि ६ न्यानोमिटरको  स्न्यापड्रयागन ७७८ जी चीप ल्याएको छ । यसले अनर ५० सिरिज र अरु मिड टू हाई एण्ड डिभाइसमा प्रयोग गरिने भएको छ ।

स्न्याड्रयागन ७७८ जीले क्रिप्टो ६७० सिपियु प्रयोग गर्ने गर्दछ जसले सम्पूर्णमा सिपियुको पर्फर्मेन्स ४० प्रतिशत बढाउँछ । त्यस्तै यसमा रहेको एड्रिनो ६४२ एल जिपियुले पहिलेको भन्दा ४० प्रतिशत ग्राफिक रेन्डरिङ बढाउँछ ।

चिपसेट क्वालकम एआई इन्जिनको साथमा आउने गर्दछ । यसले भिडियो र फोन कलमा हल्ला घटाउनलाई मद्दत पुर्‍याउने बताइएको छ । यसले एचडिआर १० प्लस भिडियो क्यापचरिङलाई सपोर्ट गर्ने गर्छ ।

यसले ब्लुटुथ ५.२ र वाईफाई ६ स्पीड सपोर्ट गर्दछ । स्न्याड्रयागन ७७८ जीले मोटोरोला, ओप्पो, आईक्युओओ, रियलमी र साओमी फोनलाई पनि पावर गर्नेछ ।