कीवर्डहरू -

‘लकडाउनका कारण चराहरुले गाउने गीतको स्वरमा परिवर्तन आयो’ 

‘लकडाउनका कारण चराहरुले गाउने गीतको स्वरमा परिवर्तन आयो’ 

वैज्ञानिक अध्ययनअनुसार लकडाउनको समयमा चराहरुले गाउनेको स्वरमा परिवर्तन आएको पाइएको छ।

एक दशकदेखि रेकर्ड गरिएको भंगेंराको आवाजलाई वैज्ञानिकहरुले ध्यान दिएर सुन्दा लकडाउनको समयमा बेग्लै भएको पाएका थिए ।

लकडाउनले सहरहरु एकदमै शान्त भएपछि चराहरुको आवाजको शैलीमा परिवर्तन आएको हो ।

वैज्ञानिकहरुको अध्ययनमा आधारित बीबीसीको रिपोर्टअनुसार आफ्नो क्षेत्रको रक्षा गर्न र साथीलाई लोभ्याउन चराहरूले आफ्नो गीतको गुणस्तर बढाएका थिए ।

धेरै मान्छेहरुलाई चराहरूले चर्काे आवाजमा गीत गाएको जस्तो सुनेका थिए तर लकडाउनमा वास्तवमा भँगेराहरूले मधुरो स्वरमा गीत गाएका थिए ।

होहल्लाका कमी भएका कारण मिठो र नरम गीतहरू गाएका थिए ।

अमेरिकाको नोक्सभिल स्थित टेन्नेसी विश्वविद्यालयको इकोलोजी एण्ड इभोलुसनल बायोलोजी विभागकी डा. एलिजाबेथ डेरीबेरीले ध्वनी प्रदूषणले  कसरी चराको गीतलाई असर गर्छ भनेर वर्षौंदेखि अध्ययन गरिरहेकी छन् ।

‘लकडाउनको क्रममा चराहरूले भिन्न आवाज निकालेको भन्ने कुरा मान्छेहरुले सही पत्ता लगाएका हुन् । मूल रूपमा मानिसहरूले कम गरेको हल्लालाई चराहरुले पूरा गरिदिएको पाइएको थियो,’ डेरीबेरीले बीबीसीलाई भनिन्, ‘साउण्डस्केपबाट मानव जाति टाढा भएपछि चराहरुले त्यो कमी पुरा गरेका हुन् । यही तथ्याकंले मानव जातिको चराहरु प्रति कति ठूलो प्रभाव परेको छ भन्ने थाहा हुन्छ ।’

अध्ययनले के देखायो त ?

गत वर्ष सेप्टेम्बरमा प्रकाशित उक्त रिपोर्टअनुसार सान फ्रान्सिस्को खाडी क्षेत्र र वरपर बस्ने ‘ह्वाइट–क्राउन’ भँगेराको गीतहरूको लामो समयदेखि अध्ययनको कारणले वैज्ञानिकहरूले लकडाउनअघि र पछिको समयमा गीतको गुणस्तरलाई तुलना गर्न सकेका हुन् ।

उनीहरुले पत्ता लगायतको तथ्यांक आस्चर्यखालको छ । धेरै जसो समय पुरुष भँगेराहरूले गीत गाउँने गर्छन् र शान्त समयमा चराहरूले आफ्नो भोकल प्रदर्शनमा सुधार गरेको र ‘कम आयाम’मा गीतहरू गाए । साथै, आफ्नो क्षेत्रको रक्षा गर्दै महिला साथीलाई लोभ्याउन खोजेको पाइएको थियो ।

डा. डेरीबेरीकाअनुसार लकडाउनमा हल्ला कम हुदा चराले निकालेको आवाज थप लोभलाग्दो सुनिएको थियो ।

सो कुराले कृतिम होलाल्ला कम हुदा यो प्रकृति कति छिटो आफ्ने स्वरुपमा फर्किन्छ भन्ने प्रमाणित गरेको उनले बताउँछिन् ।

उनका अनुसार यस अध्ययनले के देखाउँछ भने मान्छेले ध्वनि प्रदूषण कम गर्दा बित्तिकै वन्यन्तु प्राणीमा यसको प्रभाव पर्दोरहे छ । यो एक उत्साहित कुुरा हो किन भने हामीले वातावरण सुधारको काम गर्दा कति धेरै समय लाग्छ ।

एक ‘मौन वसन्त’?

मानव–उत्पन्न आवाजलाई वन्यजन्तुले कसरी प्रतिक्रिया दिन्छन् भन्ने प्राकृतिक परीक्षण हो लकडाउन ।
गोल्डन गेट ब्रिजको छेउछाउमा ट्राफिकको अवस्था सन् १९५० को दशकको जस्तो भएको थियो र ब्वाँसो जस्तो देखिने ‘कोयोट्से’ देखिएको सामाजिक संजालमा धेरैले लेखेका थिए ।

लकडाउनको समयमा मान्छेले प्रकृतिसँग पाएको आत्मिएता ‘कनेक्सन’को बारेमा धेरै कुरा लेखिए । शान्त वातावरणले वन्यजन्तु र मानवलाई दुबैलाई फाइदा भएको अध्ययनले देखाएको थियो ।

डा. डेरीबेरीका अनुसार चराहरुको आवाज सुन्न पाएमा मान्छेको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ र यस अध्ययनले त्यसकुरालाई प्रमाणित गरेको छ ।

भँगेराको गीतको बारेमा हामीलाई के थाहा छ ?

अमेरिका र क्यानाडाको धेरै ठाउँमा पाइने कालो र सोतो रंगको छिर्र्के टाउको भएकोे भँगेराको गीतहरू विस्तृत रूपमा अध्ययन गरिएको थियो ।

देशभरका बिभिन्न उप–प्रजातिहरूले सहरका भन्दा फरक गीतहरू गाउँछन् जुन मिठो सुनिन्छ । यसले सिठी बजाएर परिचय दिने गर्छ ।

सान फ्रान्सिस्को खाडी क्षेत्रको भँगेराको आवाज सन् १९७० को समयदेखि रेकर्ड गरिएको छ । जसले चराहरुको आवाजको बारेमा दुर्लभ इतिहास रेकर्ड भएको छ ।

भिडभाड भोजमा मान्छेले जसरी ठूलो स्वमार कुरा गर्छ, त्यस्तै, सहरमा बसिरहेका चराहरूले पनि आफ्नो गीतहरूलाई हल्लासँग समायोजन गर्नु परेको छ । यो वैज्ञानिक रूपमा ‘लोमबार्ड’ वा ककटेल पार्टी प्रभावको रूपमा चिनिने गर्छ ।

‘विज्ञान’मा प्रकाशित यो अध्ययन टेक्सास ए एण्ड एम विश्वविद्यालय–सान एन्टोनियो, कल पोली सान लुइस ओबिस्पो र जर्ज मासोन युनिभर्सिटी, फेयरफ्याक्सका विशेषज्ञहरूको सहयोगमा गरिएको थियो ।

-बीबीसीबाट