कीवर्डहरू -

डेल ल्यापटपमा स्क्रिनशट कसरी लिने ?

डेल ल्यापटपमा स्क्रिनशट कसरी लिने ?

मोबाइलमा त हामी सजिलै आफूलाई महत्वपूर्ण लागेको कुरा वा मन परेको कुरा स्क्रिनशट लिन सक्छौ । तर त्यही कुरा ल्यापटपमा गर्न गार्‍हो हुन्छ ।

त्यसैले यदी तपाईले डेल ल्यापटप प्रयोग गर्नहुन्छ भने आज हामी डेल ल्यापटपमा स्क्रीनशट कसरी लिने बारे जानकारी दिदैछौ ।

प्रिन्ट स्क्रीन प्रयोग गरेर

प्रिन्ट स्क्रीन बटन डेल ल्यापटप मोडेलको फङ्सन की सँगै रहेको हुन्छ । यसलाई डेलले प्रिन्ट स्क्रीन वा पिआरएनटिएससीआर भनेर लेबल गर्ने गर्दछ। प्रिन्ट स्क्रीनको प्रयोग गरेर स्क्रिनशट लिन तलका प्रक्रिया पुरा गर्नुहोस् ।

१. सर्वप्रथम स्क्रीनसट लिनुपर्ने स्क्रीनमा जानुपर्छ ।

२. त्यहाँ गएपछि प्रिन्ट स्क्रीन बटन खोज्ने । केही डेल ल्यापटपमा यो बटन नहुन पनि सक्छ, त्यस्तो अवस्थामा एफएन र इन्सर्ट की सँगै थिच्नुपर्ने हुन्छ।

३. प्रिन्ट स्क्रीन खिच्नका लागि पिआरएनटिएससीआर की थिच्ने र एक्टीभ विन्डोलाई मात्रै खिच्न एएलटी र पिआरएनटिएससीआर कीसँगै थिच्नुपर्छ ।

४. यति गरेपछि स्क्रीनसट विन्डोज क्लिपबोर्ड पिएनजी फाइलमा कपी हुन्छ । अर्काे डक्युमेन्ट, सामाजिक सञ्जाल, ईमेल वा ईमेज एडिटरमा गएर क्रन्ट्रोल र भिसँगै थिच्नुपर्छ ।

स्क्रीनशट लिएपछि विन्डोजले पिक्चर फोल्डरमा स्क्रीनशटको छुट्टै फोल्डर बनाइ दिन्छ । जसलाई तपाईले आवश्यक परेको समयमा प्रयोग गर्न सक्नुहुन्छ ।